मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय

सरकार-शिक्षकको जुँगाको लडाइँले शिक्षाको दाहसंस्कार भएमा इतिहासले कसैलाई क्षमा गर्दैन : बाबुराम भट्टराई

आइतबार, ०७ वैशाख २०८२, २१ : ३५
आइतबार, ०७ वैशाख २०८२

काठमाडौँ ।  नेपाल समाजवादी पार्टी(नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकार-शिक्षककाे जुँगाको लडाइँले पहिले नै तहसनहस भैसकेको सार्वजनिक शिक्षाको दाहसंस्कार र देश युवाविहीन हुन गएमा इतिहासले कसैलाई क्षमा नगर्ने बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भट्टराईले उक्त कुरा बताएका हुन् । गैरजिम्मेवार सरकार र असंवेदनशील शिक्षकहरुका कारण लाखौँ विद्यार्थीहरुको जीवन जोखिममा पर्नु निन्दनीय भएको ;समेत उनले बताए । 

उनले भयंकर विनाशकारी र क्रूर युद्ध वार्ता,संवाद र लेनदेनबाट हल हुने गरेको बताउँदै देशको अभिभावक सरकार र सबैलाई ज्ञानको ज्योति बाँड्ने गुरूहरूबीचको जुँगाको लडाइँ गम्भीर वार्ता र केही समयको अघिपछिबाट किन हल हुन सक्दैन भन्दै प्रश्न गरे । 

उनले सरकारलाई सबै माग पूरा गर्न गाह्रो भए पहिले सहमति भैसकेका कुरा तत्काल लागू गर्ने र बाँकी निश्चित अवधिभित्र गरिसक्ने प्रतिवद्धता गर्नुपर्ने समेत उनले सुझाव दिए । 

उनले लेखेका छन्,‘सरकारलाई सबै माग पूरा गर्न गाह्रो भए पहिले सहमति भैसकेका कुरा तत्काल लागू गर्ने र बाँकी निश्चित अवधिभित्र गरिसक्ने प्रतिवद्धता गरे हुन्छ। गुरूहरूले पनि ’ गुरू ब्रह्मा गुरू विष्णु गुरूदेव महेश्वर...’ को जिम्मेवारीवोध गरेर आफ्नै सन्तान सरहका विद्यार्थीहरूको सुन्दर भविष्यनिम्ति मुखैमा आएको १२ कक्षाको परीक्षा र भर्ना अभियान पछि पुनः आन्दोलन गर्ने अठोट गरेर अहिले एक कदम पछि हट्दा कुनै आकाश खस्दैन ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप