बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय

बुटवलमा गोली प्रहारबाट घाइते युवतीको चितवनमा उपचार हुँदै

आइतबार, ०७ वैशाख २०८२, २० : ५३
आइतबार, ०७ वैशाख २०८२

चितवन । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा शनिबार गोली लागेर घाइते भएकी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ की २९ वर्षीया टीका विष्ट क्षेत्रीको चितवनमा उपचार भइरहेको छ । 

बुटवलमा खाजा घर सञ्चालन गर्दैआएकी उनीमाथि शनिबार बिहानै गोली प्रहार भएको थियो । उनलाई बुटवलमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज ल्याइएको थियो । 

अस्पतालका निर्देशक प्रा डा दयाराम लम्सालका अनुसार क्षेत्रीको सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार भइरहेको छ । उपचारमा संलग्न प्रा डा अनिल आचार्यका अनुसार पछाडिको भागबाट लागेको गोलीले उनको कलेजो र फोक्सोमा चोट पु-याएको छ । गोली शरीरभित्रै रहेको उनले बताए । 

डा आचार्यले भने, “चार पाँच दिन बिरामीको अवस्था हेरेपछि मात्रै गोली र छर्रा निकाल्ने, शल्यक्रिया गर्ने वा नगर्ने निक्र्याेल हुन्छ ।” बिरामीको अवस्था स्थिर रहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप