पाटन क्याम्पसमा स्ववियुको खर्च विवरण माग गर्दै तालाबन्दी
आइतबार, ०७ वैशाख २०८२, २० : ०८

काठमाडौं । पाटन संयुक्त क्याम्पस स्ववियुको आयव्यय विवरण माग गर्दै वैज्ञानिक समाजवादी विद्यार्थी संगठनले तालाबन्दी गरेको छ ।
स्ववियु कोषमा अनियमितता भएको हुन सक्ने आशंका गर्दै चैत २८ गते सूचना माग गरेको थियो । तर सूचना नदिएको भन्दै तालाबन्दी भएको हो ।
२०७९ सालमा निर्वाचित समितिको कामकारबाही र आयव्यय विवरण माग गर्दै संगठनले निवेदन दिएको थियो । तर विवरण उपलब्ध नगराइएपछि संगठनले क्याम्पसको स्ववियु कार्यालयमा तालाबन्दी गरेको हो । उक्त मागलाई क्याम्पसले समेत गम्भीरताका साथ नलिई बेवास्ता गरेको वैज्ञानिक समाजवादी संगठनको आरोप छ ।
संगठनले नेपालको संविधान धारा २७ मा उल्लेखित सूचनाको हक तथा सोसम्बन्धी ऐन २०६४ को दफा ३ र ७ अनुसार उक्त सुचना तथा विवरणको प्रमाणित प्रतिलिपि माग गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रका ११ जना एसएसपीको सरुवा, इन्टेलिजेन्स ब्युरोमा खड्का
-
सशस्त्र प्रहरीका १२ जना डीआईजीको सरुवा, ६ प्रदेशका प्रमुख फेरिए
-
राज्य विरुद्धको कसुरमा संलग्न १६ जनाको बयान पुरा, प्रसाईँलाई सोध्ने प्रश्न तयार गरिँदै
-
पहलगाम हमला : अब नेपाल पनि सचेत रहनुपर्ने वेला आयो
-
मोदीको कडा भाषणः अब आतंककारीहरूको बाँकी धर्ती ध्वस्त पार्ने समय आएको छ
-
भारतद्वारा पाकिस्तानीलाई मेडिकल भिसा पनि बन्द