मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय

बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गरौँ : मुख्यमन्त्री आचार्य

आइतबार, ०७ वैशाख २०८२, १९ : १४
आइतबार, ०७ वैशाख २०८२

लुम्बिनी । प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन् । 

आइतबार रुपन्देहीको बुटवलमा आयोजित ‘जितगढी विजयी उत्सव–२०८२’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गरेर लैजाने सोच र योजना बनाएको भन्दै त्यसलाई अगाडी बढाउन आफूले पहल थालेको बताए । 

उनले रुपन्देहीको विकासको लागि स्थानीय तहसँग हातेमाले गरेर अगाडी बढ्न प्रदेश सरकार तयार रहेको दाबी समेत गरे ।  

मुख्यमन्त्री आचार्य भने,“प्रदेश सरकारले बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गरेर लैजाने जुन सोच र योजना बनाएको छ, यसलाई अगाडी बढाउनको निम्ति प्रदेश सरकारको तर्फबाट र व्यक्तिगततर्फबाट पनि दिलोज्यान दिएर अगाडी बढ्नेकुरा निवेदन गर्न चाहन्छु । स्थानीय तहसँग हातेमाले गरेर अगाडी बढ्न प्रदेश सरकार तयार छ ।” 

वि.सं. १८७२ वैशाख ७ गते बुटवलको जितगढी किल्लामा कर्नेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अङ्ग्रेज फौजमाथि जित हासिल गरेको थियो ।

सोही दिनको सम्झनामा जितगढी किल्लामा हरेक वर्षको वैशाख ७ गते जितगढी विजय उत्सव मनाइँदै आइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप