दुई प्रतियोगितामा भाग लिन तेवान्दो टोली चीन जाने
आइतबार, ०७ वैशाख २०८२, १६ : ४६

काठमाडौँ । दुई फरक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोली सोमबार चीन प्रस्थान गर्ने भएको छ । दुवै प्रतियोगिताको पुरुष ५८ केजीमुनि सुमित विष्ट र ७४ केजीमुनि आशिष भण्डारीले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली टोलीको प्रशिक्षकमा सैयद हसन रेजा रहेका छन् । नेपाली टोली पहिले वैशाख १० देखि ११ गतेसम्म ताइवानमा आयोजना हुने सातौँ डब्लूटी प्रेसिडेन्ट्स कप (एसियाली क्षेत्र) मा सहभागी हुनेछ । त्यसपछि टोली वैशाख १६ देखि १७ गतेसम्म आयोजना हुने १३ औँ एसियाली क्लब तेक्वान्दो प्रतियोगितामा सहभागी हुन बुक्सी जानेछ ।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्यद्वय कमलबहादुर भट्टराई र भानबहादुर चन्दले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?
-
सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारीले भनिन्-‘हिमालमा जीवन छैन’
-
‘प्रोजेक्ट बैङ्क’मा राखिएका १० हजारबढी आयोजना कटौती
-
आर्सनलको बराबरीले लिभरपुललाई उपाधि जित्न सहज, च्याम्पियन बन्न १ अंकको आवश्यकता
-
आईपीएल : मुम्बईले शान बढाउँदा, हैदरावादको हरिविजोग
-
शिक्षक आन्दोलनको प्रभाव : विद्यार्थीहरु निजीमा भर्ना हुन थालेपछि रोक्नलाई पाठ्यपुस्तक वितरण