याक र चौरी नेपालको पहिचान र गौरव हुन् : कृषिमन्त्री

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिमाली क्षेत्रमा याक र चौँरी पालन संरक्षण र प्रवर्द्धनमा सङ्गठित प्रयास गर्नुपर्ने बताएका छन् ।
याक दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले पछिल्लो समय जलवायु परिवर्तन तथा युवापुस्ताको बसाईंसराई जस्ता कारणले याक र चौँरी पालन घट्दो अवस्थामा रहेको बताए ।
उनले हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको आर्थिक आयआर्जनको प्रमुख स्रोत चाैरी पालन भएको बताए । चौरीको दूधबाट बन्ने छुर्पी, छेनालगायतका वस्तु हिमाली क्षेत्रका समुदायको खानपानको मेरुदण्ड भएको उनको भनाइ छ ।
याक र चौरी पर्यटन प्रवर्द्धनको समेत आकर्षण केन्द्र भएको बताए । उनले याकको छाला र पुच्छरबाट निर्माण हुने वस्तुहरू विदेशमा निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने बताए ।
उनले चौरी पालनले हिमाली समुदायको आयआर्जन, खाद्य पोषण सुरक्षा, प्राङ्गारिक खेती, वातावरण सन्तुलन लगायतमा महत्त्वपूर्ण योगदान गरेको बताए । याक र चौँरी नेपालको पहिचान, गौरव र धरोहर भएको उनको भनाइ छ ।
कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले नेपालमा सुरु गरिएको याक दिवसलाई अन्तर्राष्ट्रिय दिवस बनाउनुपर्ने बताए ।
उनले याक तथा चाँचरी पालन गर्ने देशहरूको साझा संस्कृति र साझा सम्पत्तिको रूपमा विकास गर्नुपर्ने बताए । उनले याक पालनलाई सम्बन्धित देशहरू नेपाल, भारत, चीन तथा भुटानले अन्तर्राष्ट्रिय सरोकारको विषय बनाउनुपर्नेमा जोड दिए । दिवस मनाउँदा याक पालन क्षेत्रमै गएर मनाउनुपर्ने उनको भनाइ छ ।
याकप्रतिको आकर्षण बढाउन तथा जैविक तथा आर्थिक महत्त्व उजागर गर्न सरकारले वैशाख ७ गतेलाई याक दिवस घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम आक्रमणको अनुसन्धान एनआईएले गर्ने, गृह मन्त्रालयले दियो आदेश
-
एपीएफ क्लबले सजिलै हरायो बागमती प्रदेशलाई
-
बालुवाटारमा २ घण्टाको मन्थनपछि सहमतिमा पुगे ओली र देउवा
-
पाँच अर्बभन्दा बढी बजेट फिर्ता, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी
-
प्रतिनिधिसभामा पहलगाम हमलाको विरोध
-
इरानको बन्दरगाहमा भएको विस्फोटमा मारिनेको संख्या १८ पुग्यो