सोमबार, ०८ वैशाख २०८२
ताजा लोकप्रिय

इँटा भट्टाको खाल्डोमा डुबेर पाँच वर्षीय बालकको मृत्यु

आइतबार, ०७ वैशाख २०८२, १४ : ४४
आइतबार, ०७ वैशाख २०८२

सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका –५ स्थित जिङडवा गाउँमा रहेको जोश सोना इँटा भट्टामा डुबेर एक पाँच वर्षीय बालकको ज्यान गएको छ । डुबेर ज्यान गुमाउने बालक भारतको बिहार राज्य अन्तर्गत गया जिल्लाको दिउरी गाउँ निवासी शिवम मझीका छोरा सुवजजित कुमार मझी हुन् ।

शुक्रबारदेखि हराइरहेका बालकको शव शनिबार बिहान इँटा भट्टाभित्र रहेको खाल्डोमा पानीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मझी परिवारसहित भारतको बिहार राज्यबाट आएका करिब १५–२० जना मजदुरहरू सो इँटा भट्टामा काम गर्दै अस्थायी रूपमा बसोबास गर्दै आएका छन् । 

तीन दिनदेखि बालक हराएको भन्दै परिवारले खोजी गरिरहेका थिए । शनिबार बिहान भट्टाको खाल्डोमा बालकको शव देखिएपछि स्थानीयहरूले तत्कालै प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । शव पोस्टमार्टमका लागि मलंगवास्थित प्रादेशिक अस्पतालमा पठाइएको र परीक्षणपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको र प्रारम्भिक तथ्यहरूले डुबेर मृत्यु भएको देखिएको प्रहरी स्रोतको भनाइ छ । स्थानीय बासिन्दाहरूले इँटा भट्टा क्षेत्रमा खुला रूपमा रहेका खाल्डोहरूमा आवश्यक सुरक्षा उपाय नअपनाइएका कारण यस्ता दुःखद घटना घट्ने जोखिम रहेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप