क्रिकेट स्टेडियमबाट पूर्व कप्तान मोहम्मद अजहरुद्दिनको नाम हटाउन आदेश

काठमाडौँ । हैदराबादस्थित राजिव गान्धी क्रिकेट स्टेडियमबाट भारतीय क्रिकेट टोलीका पूर्व कप्तान मोहम्मद अजहरुद्दिनको नाम हटाइने भएको छ ।
चर्चित फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लि (आईपीएल) को १८औँ संस्करण उत्सर्गमा रहँदा यस्तो निर्णय सार्वजनिक भएको हो ।
राजिव गान्धी क्रिकेट स्टेडियमको उत्तरतर्फको एक भागको नाम ‘मोहम्मद अजहरुद्दिन पेभेलियन’ राखिएको थियो । तर, अहिले आएर हैदराबाद क्रिकेट एसोसिएसनको इथिक्स अधिकारीले अजहरुद्दिनको नाम हटाउन निर्देशन दिएका हुन् ।
इथिक्स अधिकृतको निर्देशनपछि हैदराबाद क्रिकेट एसोसिएसनले पनि अजहरुद्दिनको नाम हटाउने प्रक्रिया अगाडि बढाएको समाचारमा जनाइएको छ । हाल जारी आईपीएलको टिकटमा पनि ‘मोहम्मद अजहरुद्दिन पेभेलियन’ भनेर छाप्ने गरिएको छ ।
तर, यसरी अजहरुद्दिनको नाम छापिएको टिकट बिक्री–वितरण नगर्न पनि इथिक्स अधिकारीले निर्देशन दिएका छन् । इथिक्स अधिकारी बी. ईश्वरैया पूर्वन्यायाधिश पनि हुन् । सन् २०१९ मा आफू हैदराबाद क्रिकेट एसोसिएसनको अध्यक्ष हुँदा अजहरुद्दिनले बोर्ड बैठकमार्फत उक्त पेभेलियनको नाम आफ्नो नामबाट राख्ने निर्णय गराएका थिए ।
त्यसपछि उक्त निर्णयविरुद्धमा उजुरी परेको थियो । त्यसअघि उक्त पेभेलियनको नाम अर्का पुर्वखेलाडी भीभीएस लक्ष्मणको नामबाट राखिएको थियो ।
आफू अध्यक्ष हुँदा आफ्नै नामबाट पेभेलियनको नाम राख्नु आचारसंहिताविरुद्धको काम भएको दाबी उजुरीमा गरिएको थियो ।
सोही उजुरीमाथि सुनुवाइ गर्दै अहिले राजिव गान्धी स्टेडियमबाट मोहम्मद अजहरुद्दिनको नाम हटाउन निर्देशन दिइएको हो ।
यो निर्णय सार्वजनिक भएपछि अजहरुद्दिनले भने आफू स्तब्ध बनेको बताएका छन् । उनले यो निर्णयविरुद्ध आफू पुनरावेदन लिएर सर्वोच्च अदालतसम्म जाने चेतावनी दिएका छन् ।
‘म यस विषयमा धेरै केही टिप्पणी गर्न चाहन्न । म यो हदसम्म गिर्न पनि सक्दिन । यो निर्देशनले मेरोभन्दा पनि हैदराबाद क्रिकेट एसोसिएसनकै बदनामी भएको छ । मैले देशका लागि १७ वर्ष क्रिकेट खेलेँ । १० वर्ष त कप्तानको भूमिकामा टोलीको नेतृत्व पनि गरेँ । के मेरो स्थानमा हैदराबादका अरू कुनै खेलाडी भएको भए उनीहरूमाथि पनि यस्तै व्यवहार गरिन्थ्यो ?’ अजहरुद्दिनले प्रश्न गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षामन्त्रीको राजीनामाले आन्दोलन नरोक्ने शिक्षहरुको चेतावनिदेखि निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगामसम्म
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा
-
किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ
-
सुमनाको कटाक्ष : राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको !
-
एमाले सांसद थापा भन्छन् - शिक्षामन्त्रीको राजीनामा अनपेक्षित र असान्दर्भिक, स्वीकृत नगरियोस्