६ वर्षमा १०औँ प्रमुख प्रशिक्षकको खोजीमा पाकिस्तान क्रिकेट बोर्ड

काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पुरुष राष्ट्रिय टोलीको नयाँ प्रमुख प्रशिक्षक पदका लागि आवेदन माग गरेको छ । अहिले पाकिस्तानी टोलीको नेतृत्व अन्तरिम प्रशिक्षक आकिब जावेदले गरिरहेका छन् ।
उनको प्रशिक्षकत्वमा पाकिस्तानी टोलीले कुनै पनि ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगितामा गतिलो प्रदर्शन गर्न सकिरहेको छैन । आकिब जावेदको निरन्तरको खराब प्रदर्शनपछि पीसीबीले नयाँ प्रशिक्षकका लागि आवेदन माग गरेको हो ।
आकिब जावेदले नै सन् २०२४ मा तात्कालिन प्रमुख प्रशिक्षक गेरी क्रिस्टन र जासन गिलेस्पीमाथि खराब प्रदर्शनको आरोप लगाएका थिए । पीसीबीले नयाँ प्रमुख प्रशिक्षकका लागि १० वर्षको अनुभवको माग गरेको छ ।
प्रशिक्षक बन्न चाहनेले लेभल–३ कोर्ष गरेको हुनु पर्नेछ । पाकिस्तानी सञ्चारमाध्यमले जनाए अनुसार, पीसीबी विदेशी पूर्वअन्तर्राष्ट्रिय खेलाडीलाई राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक बनाउन चाहन्छ । पीसीबी पछिल्लो ६ वर्षको अवधिमा १०औँ प्रमुख प्रशिक्षकको खोजीमा जुटेको हो ।
निरन्तर प्रमुख प्रशिक्षक र कप्तान परिवर्तनका कारण पनि पछिल्लो समय पाकिस्तानी टोलीको प्रदर्शन खस्कँदै गएको आरोप लाग्ने गरेको छ । सन् २०१९ को आईसीसी पुरुष एकदिवसीय विश्वकप इङ्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना भएको थियो ।
उक्त विश्वकपमा पाकिस्तानी टोली पहिलो चरणबाटै घर फर्किएको थियो । उक्त विश्वकपयता पीसीबीले निरन्तर रुपमा प्रमुख प्रशिक्षक परिवर्तन गर्दै आएको छ । सन् २०१९ देखि सन २०२१ सम्म मिस्बाह–उल–हक पाकिस्तानी टोलीका प्रमुख प्रशिक्षक थिए ।
सन् २०१९ मा मिकी आर्थरलाई हटाएर मिस्बाह–उल–हकलाई प्रशिक्षक बनाइएको थियो । त्यसपछि सन् २०२१ मा मिस्बाह–उल–हकलाई हटाएर सकलेन मुस्ताकलाई पाकिस्तानी टोलीको प्रमुख प्रशिक्षकको जिम्मेबारी दिइएको थियो ।
सन् २०२३ मा सकलेन मुस्ताकलाई पछि हटाएर अब्दुल रहमानलाई प्रमुख प्रशिक्षक बनाइयो । तर, अब्दुल रहमान लामो समय पदमा टिक्न सकेनन् । सन् २०२३ मै उनलाई हटाएर ग्रान्ट ब्राडबर्नलाई प्रमुख प्रशिक्षक बनाइएको थियो ।
तर, उनलाई पनि लामो समय प्रमुख प्रशिक्षक पदमा राखिएन । सन् २०२३ मै उनलाई पनि हटाएर मोहम्मद हाफिजलाई पाकिस्तानी टोलीको प्रमुख प्रशिक्षकको जिम्मेबारी दिइएको थियो । सन् २०२४ को प्रारम्भमै उनलाई पनि हटाएर अजहर महमुदलाई प्रमुख प्रशिक्षक बनाइयो ।
त्यसको केही समयपछि नै अजहर महमुदलाई पनि हटाएर सन् २०२४ मै गेरी क्रिस्टनलाई प्रमुख प्रशिक्षक बनाइएको थियो । सन् २०२४ मै फेरि क्रिस्टनलाई पनि पदबाट हटाइयो र जासन गिलेस्पीलाई उक्त जिम्मेबारी दिइयो ।
दूर्भाग्य, जासन गिलेस्पी पनि पाकिस्तानी राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक पदमा लामो समय टिक्न सकेनन् । सन् २०२४ मै उनको स्थानमा आकिब जावेदलाई राष्ट्रिय टोलीको अन्तरिम प्रमुख प्रशिक्षक बनाइएको थियो । अहिले आएर पीसीबी फेरि अर्को प्रमुख प्रशिक्षकको खोजीमा जुटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान
-
‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’
-
इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी
-
सरकार ! एउटा प्रेम अदालत गठन गर् !
-
दानव नदीमा डुबेर बेपत्ता तीनमध्ये एक जनाको शव फेला
-
रास्वपा नेताहरूले भैरहवा आएर भने – लुम्बिनीमा लगानीको सम्भावना छ