मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

आइतबार, ०७ वैशाख २०८२, १२ : ४२
आइतबार, ०७ वैशाख २०८२

काठमाडौँ । वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने भएको छ । आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । भक्तपुर सांगीतिक समाज र भक्तपुर चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने र सांगीतिक साँझ भक्तपुरको सल्लाघारीस्थित इम्पेरियल बैंक्वेटमा हुने जानकारी दिइएको छ । 

कार्यक्रममा १ हजार २ सय सम्मको उपस्थिति रहने आयोजकको भनाइ छ । सहभागिताको लागि प्रतिव्यक्ति एक हजार, १ हजार ५ सय र २ हजार ५ सय सम्मको प्रवेश टिकट रहने आयोजकको भनाइ छ । कार्यक्रम स्थलमा विभिन्न उत्पादनहरु एवं विभिन्न परिकारका खानाका स्टलहरुसमेत रहने बताइएको छ । 

पत्रकार सम्मेलनका क्रममा बौल्दै गायक तथा संगीतकार दीप श्रेष्ठले संगीतमा आधुनिकरण बढिरहेको र ट्रयाकमा गाउने कुरा गायकहरुका लागि राम्रो नभएको बताए । उनले समसामयिक गीतहरु लोप हुन थालेकोप्रति चिन्ता व्यक्त गरे । -न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप