बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय

बाँकेको कोहलपुरमा फेन्सी पसलमा आगलागी

आइतबार, ०७ वैशाख २०८२, ०९ : ०३
आइतबार, ०७ वैशाख २०८२

बुटवल ।  बाँकेको कोहलपुर नगरपालिका वार्ड नम्बर  ११ मा रहेको एक फेन्सी पसलमा आज बिहान आगोलागी भएको  छ। बिहान साँढे ७ बजेतिर  मेघराज लम्सालको दुई तले घरमा रहेको शुभलक्ष्मी फेन्सी पसलमा आगोलागी भएको  हो ।

आगोलागीकाे कारण अझै खुलेको छैन। तर विद्युत् सर्ट भएर  आगोलागी भएको अनुमान प्रहरीले गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रहरी निरीक्षक हरि भट्टराईले दुईवटा दमकल र प्रहरीले आगो नियन्त्रणमा लिएको रातोपाटीलाई बताए।

उनले बाहिरबाट हेर्दा  करिब १५ लाख क्षति भएको अनुमान गर्न सकिने तर भित्र सामानको अवस्था हेरेपछि मात्र क्षतिको विवरण खुल्ने बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप