व्यक्तिगत लगानीमा बनाइएको शिद्वेश्वर धाम वनलाई हस्तान्तरण

चितवन । भरतपुर महानगरपालिका–२ आँपटारीमा शिद्वेश्वर धाम निर्माण गरिएको छ । स्थानीय समाजसेवी केशवराज कँडेलले व्यक्तिगत लगानीमा धाम निर्माण गरेका हुन् ।
उनले २०७३ मा जलदेवी सामुदायिक वन क्षेत्रको पाँच कट्ठा क्षेत्रफलमा भगवान्को प्रतिमासहित धाम निर्माण गरेका हुन् । भरतपुर महानगरपालिका–२ निवासी कँडेलले धाम निर्माण गरी शनिबार सामुदायिक वनलाई स्वामित्व हस्तान्तरण गर्नुभएको छ ।
हरिहर सन्यास आश्रमका पीठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वती जी महाराजले धाममा रहेका मूर्तिहरूको प्राणप्रतिष्ठा गरी वनलाई हस्तान्तरण गरे । महाराजका अनुसार धर्म रक्षाका लागि गरिएको योगदान सधैँ सार्थक रहन्छ ।
देवघाट जाने मुख्य द्धार अगाडि धाम निर्माण गर्दा भक्तजनको आकर्षण बढ्ने अनुमान छ । कँडेलले आफ्नो इच्छाअनुसार सुरुमा शिव मन्दिर बनाउने योजना भए पनि पछि धाम निर्माण गरिएको उनले बताए । २२ फिट अग्लो शिवलिङ्गसहित स–साना नन्दी (वहान), सूर्य, गणेश, नारायण, हनुमान, काली, सन्तोषीमाता, विष्णु र सरस्वतीको मूर्ति (प्रतिमा) राखेर धाम निर्माण गरेका हुन् ।
जलदेवी सामुदायीक वनको अनुरोधमा धाम निर्माण गरेको भन्दै उनले यस धामले यस क्षेत्रमा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । भरतपुर महानगरपालिका–१ र २ का वडाध्यक्ष केशव महर्जन, मनोज रानाभाट, नेपाली कांग्रेसका पूर्वसभापति विकास कोइराला, बागमती प्रदेशका पूर्वमन्त्री मिलनबाबु श्रेष्ठलगायतले यस्ता धार्मिकस्थलको प्रचारप्रसार गर्न सके धार्मिक पर्यटनको गन्तव्य बन्ने बताए ।
यसले यहाँको महत्व बढाउने भन्दै धार्मिक क्षेत्रको संरक्षण गर्दै धार्मिक पर्यटनका रूपमा विकास गर्ने योजना बनाउन आवश्यक रहेको बताए ।
जलदेवी सामुदायिक वनका अध्यक्ष माधव देवकोटाले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा धामले ठूलो सहयोग पुग्ने जिकिर गरे । उनले सामुदायिक वन क्षेत्रभित्रको पाँच प्रतिशत वा पाँच हेक्टरसम्मको जग्गा पर्यापर्यटनका रूपमा प्रवर्द्धन गर्ने योजनाअनुसार धाम निर्माणका लागि आफूहरूले सहयोग गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन
-
१२ बजे, १२ समाचार : राप्रपा नेता धवलशमशेरलाई हाजिर जमानीमा छाडियोदेखि रविकी पत्नी निकिताले दायर गरिन् रिटसम्म