विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्धकारमा धकेल्ने काम उचित होइन : महासचिव पोखरेल
_wsSS02k70n.jpg)
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्धकारमा धकेल्ने काम उचित नभएको बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले शिक्षा ऐन ल्याउन सरकार प्रतिबद्ध रहेको बताए ।
उनले यही १२ गतेबाट सुरु हुने संसद्को अधिवेशनमा शिक्षा ऐन प्राथमिकतामा रहेको समेत बताएका छन् । पोखरेलले सो ऐन अब पास हुने कुरामा ढुक्क हुन समेत सबैलाई आग्रह गरे ।
विद्यालय शिक्षा ऐन ल्याउने जिम्मेवारी लामो समय माओवादी केन्द्रसँग रहेको स्मरण गराउँदै उनले अहिले उल्टै वर्तमान सरकारलाई दोष दिँदै ‘पानी माथिको ओभानो’ बन्ने प्रयास लाजमर्दो रहेको भन्दै कटाक्ष समेत गरेका छन् ।
महासचिव पोखरेलले भनेका छन्– ‘माओवादी केन्द्रले आलोचना होइन, निःशर्त सहयोग गर्नुपर्छ। आफूले नगरेको काम अहिलेको सरकारले गर्न खोजेकोमा धन्यवाद दिनुपर्छ। आन्दोलनरत शिक्षकहरूले पनि यथार्थ बुझ्नुपर्छ—जो काम गर्न खोज्दैछ, उसलाई निरुत्साहित गर्नु बुद्धिमानी होइन।’
उनले अब सबै पक्षलाई जिम्मेवार बन्न समेत आग्रह गरेका छन् । उनले भनेका छन्– ‘सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित ऐनहरू पारित गर्न सहकार्य गरौँ। शिक्षा हाम्रो साझा भविष्य हो—यसलाई दलीय राजनीतिक स्वार्थको विषय नबनाऔँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू