मार्क्रम र बडोनीको अर्धशतक, लखनउद्वारा १ सय ८१ रनको लक्ष्य प्रस्तुत

जयपुर । इन्डियन प्रिमियर लिग (आईपीएल) को ३६ औँ खेलमा लखनउ सुपर जायन्ट्सले राजस्थान रोयल्ससामु जितका लागि १ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८० रन बनायो ।
टोलीको सुरुवात भने राम्रो हुन सकेन । तेस्रो ओभरमा नै फर्ममा रहेका मिचेल मार्स ४ रन बनाएर पभिलियन फर्किए । ओरेन्ज क्यापको दौडमा अगाडि रहेका निकोलस पूरन पनि लामो समय टिक्न सकेनन् । उनी पनि मात्र ११ रन बनाएर आउट भए ।
कप्तान ऋषभ पन्त ३ रन बनाएर आउट हुँदा टोलीले आठौँ ओभरमा ३ विकेटको क्षतिमा ५४ रन मात्र जोड्न सकेको थियो । त्यसपछि ऐडन मार्क्रम र आयुष बडोनीले लखनउको इनिङ्स सम्हाले । उनीहरूले मिलेर ४९ बलमा ७६ रन जोडे ।
मार्क्रमले ४५ बलको सामना गर्दै ५ चौका र ३ छक्काको मद्दतले ६६ रन जोडे । मार्क्रम आउट भएपछि बडोनी पनि लामो समय टिकेनन् । उनले ३ बलमा ५० रन बनाए । यसक्रममा उनले ५ चौका र १ छक्का हिर्काए ।
खेलको अन्त्यतिर अब्दुल सामदले तीव्र गतिमा रन बनाए । उनले मात्र १० बलमा ३० रनको महत्त्वपूर्ण इनिङ्स खेले । उनले ४ छक्का प्रहार गरे । राजस्थानका लागि वानिन्दु हसरंगाले २ विकेट लिए भने जोफ्रा आर्चर, सन्दीप शर्मा र तुसार देशपाण्डेले १–१ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आधारभूत सहकारीको साढे १४ करोड हिनामिना, अध्यक्षसहित ९ जना अझै फरार
-
पत्रकारहरूलाई संसदीय समितिको बैठकमा रोक लगाउनुपर्छः एमाले सांसद पन्त
-
शिक्षकहरूको आन्दोलनमा घुसपैठ गरेको भन्दै एक जना प्रहरीकाे नियन्त्रणमा
-
सेवानिवृत्त निजामती कर्मचारीले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिनुपर्छः हितराज पाण्डे
-
कर नबुझाउने १२२ करदातामाथि कारबाही
-
आफ्ना ३ अर्ब जिमेल प्रयोगकर्तालाई गुगलले किन दियो यस्तो चेतावनी ?