बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय

एउटा खुट्टै काटेर भएपनि एनआरएन जोगाउनुपर्छ : अभियन्ता शर्मा

शनिबार, ०६ वैशाख २०८२, १३ : ५०
शनिबार, ०६ वैशाख २०८२

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घका अभियन्ता राजेन्द्रकुमार शर्मा (आरके) ले गैरआवासीय नेपाली सङ्घको  कहिले मृत्यु होला र श्रद्धाञ्जली दिउँला भन्दै बसेकाहरूलाई कुर्दै  बस्नुभन्दा सर्वोच्च अदालतको परमादेशअनुसार समयमै अधिवेशन गरेर जानु संस्थाको हितमा हुने बताएका छन् ।  बागलुङ सेवा समाज कतारले आयोजना गरेको  बहुउद्देश्यीय अक्षय कोषको प्रथम अधिवेशनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।  

दोहाको होलिडे भिल्ला होटेलमा भएको कार्यक्रममा बोल्दै शर्माले बद्री केसी समूहलाई मे ३, ४ र ५ मा हुने एकता अधिवेशनमा आउन आफूहरूले विनितपूर्वक आग्रह गर्दागर्दै पनि एकता अधिवेशनमा सहभागी हुन नआएकोले उक्त समूहलाई कुर्दाकुर्दै समय घर्किएको बताए । 

उनले समय घर्किएपछि सर्वोच्चको परमादेशको अवहेलना हुने र भोलि तोकिएको समयमा अधिवेशन हुन् नसक्दा संस्था नै नरहने खतरा मोल्नुभन्दा एउटा खुट्टा काटेरै  भए पनि एनआरएनएको शरीर बचाउन तोकिएको समयमै अधिवेशन गरिछाड्ने जिकिर गरे। 

विश्वभर छरिएर बसेका गैर आवासीय नेपाली सङ्घका पञ्जीकृत सदस्यहरूलाई डेलिगेट फारम भरी लोकतान्त्रिक विधिद्वारा हुने एकता महाधिवेशनमा सहभागी भई श्रमिकका मुद्दामा काम गर्न सक्ने नेतृत्व चयन गर्न पनि उनले आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप