बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय
मुलपानीमा वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल प्रभावित (तस्बिरहरू)
आईसीसी यू–१९ विश्वकप छनोट क्रिकेट

मुलपानीमा वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल प्रभावित (तस्बिरहरू)

शनिबार, ०६ वैशाख २०८२

काठमाडौँ । काठमाडाैँको मुलपानी क्षेत्रमा वर्षा हुँदा नेपाल र अफगानिस्तानबिचको खेल प्रभावित भएको छ । वर्षा रोकिएपछि पनि मैदान सुक्न केही समय लाग्ने भएकोले खेल सुरु हुन ढिलाइ हुने भएको छ । 

अर्को वर्ष आयोजना हुने आईसीसी यू–१९ पुरुष एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा स्थान पक्का गर्ने लक्ष्यसहित दुई बलिया टोली नेपाल र अफगानिस्तान आज आपसमा भिड्दै छन् । तल्लो मुलपानी मैदानमा बिहान ९ः३० बजे सुरु हुने कार्यतालिका रहे पनि वर्षाका कारण सुरु हुन नसकेको हो । 

यो खेलमा विजयी हुने टोलीले सन् २०२६ मा आयोजना हुने आईसीसी यू–१९ विश्वकपमा स्थान पक्का गर्नेछ । जारी छनोट प्रतियोगितामा सहभागी अन्य तीन टोली संयुक्त अरब इमिरेट्स (यूएई), ओमान र हङ्कङ चाइना भने यसअघि नै बाहिरिइसकेका छन् । 

जारी छनोट प्रतियोगितामा नेपाल र अफगानिस्तान दुवै टोलीले आफ्ना सबै खेल जितेका छन् । तीन खेलबाट ६ अंक बटुलेको अफगानिस्तान तालिकाको पहिलो स्थानमा आसिन छ । समान तीन खेलबाट ६ अंक नै बटुलेको नेपाल तालिकाको दोस्रो स्थानमा छ । 

mulpani maidan (10)mulpani maidan (11)mulpani maidan (12)mulpani maidan (13)mulpani maidan (14)mulpani maidan (15)mulpani maidan (16)mulpani maidan (17)mulpani maidan (18)

mulpani maidan (1)mulpani maidan (3)mulpani maidan (4)mulpani maidan (5)mulpani maidan (6)mulpani maidan (7)mulpani maidan (8)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया