शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

ला लिगा फुटबलमा इस्पानियोल विजयी

शनिबार, ०६ वैशाख २०८२, ०३ : ४९
शनिबार, ०६ वैशाख २०८२

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा इस्पानियोल विजयी भएको छ । शुक्रबार राती भएको एक मात्र खेलमा इस्पानियोलले गेटाफेलाई १-० ले हराएको हो । 

इस्पानियोललाई जिताउन मारश कुम्बुल्लाले निर्णाय गोल गरे । उनले पहिलो हाफअघि गरेको गोल नै घरेलु टोलीलाई जिताउन पर्याप्त बन्यो । दोस्रो हाफमा ऋस्टान्टस उचेले रातो कार्ड पाएपछि पाहुना टोली दबाबमा परेर गोल विहिन बन्यो । 

यो सँगै ला लिगामा ३१ औं चरणका खेलहरु पूरा भएका छन् । यो नतिजापछि गेटाफे अंक तालिकाको ११ औं र इस्पानियोल १२ औं स्थानमा छन् । शीर्ष स्थानको बार्सिलोनाको ७० अंक छ भने दोस्रो स्थानको रियाल मड्रिडको ६६ र तेस्रो स्थानको एटलेटिको मड्रिडको ६३ अंक छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप