शनिबार, ०६ वैशाख २०८२
ताजा लोकप्रिय

करेन्ट लागेर एक जनाको मृत्यु

शुक्रबार, ०५ वैशाख २०८२, १९ : ५६
शुक्रबार, ०५ वैशाख २०८२

बागलुङ । यहाँको बागलुङ नगरपालिका ४ ढोडेनीमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । १७ वर्षीय शिव थापा मगरको शुक्रबार साँझ करेन्ट लागेर मृत्यु भएको हो ।

बारीमा घाँस काट्ने क्रममा रुखको हाँगाले ३३ हजार केभी प्रसारण लाइनको नाङ्गो तारमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका थापालाई उपचारका लागि धौलागिरि अस्पताल पुर्‍याइएको थियो ।

अस्पताल ल्याएको केही समयमै डाक्टरले मृत घोषणा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । 

थापाको शवलाई शव परीक्षणका लागि अस्पतालमै राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक यादवले बताए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप