मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय

आन्दोलनरत शिक्षक र प्रधानमन्त्रीबीच छलफल हुने

शुक्रबार, ०५ वैशाख २०८२, १६ : ४१
शुक्रबार, ०५ वैशाख २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र आन्दोलनरत शिक्षकहरूबीच छलफल हुने भएको छ ।  शुक्रबार साँझ ७ बजे प्रधानमन्त्री र शिक्षकहरुबीच छलफल हुने भएको हो । 

नेपाल शिक्षक महासंघ महासचिव तुला बहादुर थापाले छलफलका लागि आफुहरुलाई बोलाइएको  बताए । 

प्रधानमन्त्रीको सचिवालयले बेलुका सात बजे प्रधानमन्त्रीले भेट्न बोलाएको भन्दै महासंघलाई खवर गरेको थियो । सोही आधारमा आफुहरू जान लागेको महासचिव थापाले बताए । 

गते चैत २० गतेदेखि विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंका सडकमा आन्दोलन गर्दै आएका छन् । उनीहरूले प्रधानमन्त्री तथा सभामुखसँग मात्रै वार्ता गर्ने अडान लिदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप