बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय

सञ्चारिका समूहद्वारा रातोपाटीकर्मी सरिता थारु सहित ६ जना महिला पत्रकार सम्मानित

शुक्रबार, ०५ वैशाख २०८२, १५ : ०४
शुक्रबार, ०५ वैशाख २०८२

काठमाडौँ । सञ्चारिका समूह नेपालले ६ जना महिला पत्रकारलाई सम्मान गरेको छ । 

शुक्रबार समूहको ९ औँ महाधिवेशनको अवसरमा सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले विभिन्न विधामा महिला पत्रकारलाई नगदसहित सम्मान गरेका हुन्  ।

‘सञ्चारिका समानता पुरस्कार, २०८०’  बाट हिमाल खबरकी पत्रकार धनु विश्वकर्मालाई २० हजार र ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०८०’ बाट अप्पन टिभीकी सपनाकुमारी कर्णलाई १० हजार रूपैयाँ नगदसहित सम्मान गरिएको हो । 

यसैगरी ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०८०’ इन्डिजिनियस टेलिभिजनमा कार्यरत पत्रकार डोल्मा शेर्पा र रातोपाटी डटकममा कार्यरत सरिता थारुलाई प्रदान गरिएको हो । यस्तै ‘सञ्चारिका अग्रणी सम्मान २०८०’ वरिष्ठ पत्रकार डा.हरिकला अधिकारी र वरिष्ठ पत्रकार उषा लोहनीलाई प्रदान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप