बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय

अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह

शुक्रबार, ०५ वैशाख २०८२, २३ : ०६
शुक्रबार, ०५ वैशाख २०८२

काठमाडौंँ । अभिनेत्री नीति शाहले विवाह गरेकी छन् । उनले शुक्रबार काठमाडौं जिल्ला अदालतमा यचित शमशेर जबरासँग कानूनी विवाह गरेकी हुन् ।

न्यायाधीश दीनबन्धु बरालको इजलासमा उनको विवाह भएको अदालत स्रोतले जानकारी दियो । उनीहरुको विवाह दर्ता प्रमाण पत्र भने प्रक्रियामा रहेकोले लिन बाँकी छ । 

नीति र यचितले केही समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । 

‘मिस नेपाल इन्टरनेशनल २०१७’ को उपाधि चुमेकी नीति ‘खजुरे ब्रो’बाट फिल्ममा डेब्यु गरेकी हुन् । 

यो फिल्म व्यावसायिक असफल भएको थियो भने गत दसैँमा उनी अभिनित दोस्रो फिल्म ‘ज्वाइँ साब’ प्रदर्शनमा आएको थियो ।

उनी अभिनित पछिल्लो फिल्म ‘नरसिंहा अवतार’ आउँदो जेठ ९ गते प्रदर्शनमा आउने तयारीमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप