सोमबार, ०८ वैशाख २०८२
ताजा लोकप्रिय

हेटौँडा अस्पतालको बोर्ड तोडमोड गर्नेमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप

बिहीबार, ०४ वैशाख २०८२, १९ : ५६
बिहीबार, ०४ वैशाख २०८२

मकवानपुर । हेटौँडा अस्पतालको बोर्ड तोडमोड गरेको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ६ जनालाई ५ दिनको म्याद थप भएको छ । 

अस्पतालको बोर्ड तोडमोड गरी मदन भण्डारी स्वाथ्य विज्ञान प्रतिष्ठानको नाम हटाउने घटनामा संलग्न रहेका ६ जनामाथि अनुसन्धान गर्न मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको हो । 

उक्त घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले हेटौँडाका सुनिल गिरी, सफल अधिकारी, विशाल राज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले  नियन्त्रणमा लिएको थियाे ।

उनीहरु आफै बिहीबार बिहान जिल्ला प्रहरी कार्यलय मकवानपुर पुगेको मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । ६ जना युवाहरुले ३१ चैतमा हेटाँडा अस्पताललाई प्रतिष्ठानमा गाभ्न नहुने माग गर्दै अस्पतालको बोर्डमा केरमेट गरेर मदन भण्डारी प्रतिष्ठानको नाम हटाएका थिए । 

यस्तै उनीहरुले अस्पतालको बोर्डबाट प्रतिष्ठानको नाम हटाएर नयाँ बोर्ड समेत टाँसेका थिए । घटना लगत्तै प्रतिष्ठानले घटनामा संलग्नलाई कारवाही गर्न माग गर्दै विज्ञप्ती मार्फत प्रशासनको ध्यानाकर्षण गराएको थियो । 

यसैबीच पक्राउ परेका युवाका समर्थकहरुले बिहीबार साँझ जिल्ला प्रहरी कार्यलय अगाडी पूर्वपश्चिम सडक खण्ड केहिबेर अवरुद्ध समेत गरेका थिए । उनीहरुले राजनीतिक दबाबका कारण युवाहरुलाई पक्राउ गरिएको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप