शनिबार, ०६ वैशाख २०८२
ताजा लोकप्रिय

उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुरस्थित क्रिकेट स्टेडियमको छड्के अनुगमन

बिहीबार, ०४ वैशाख २०८२, १९ : ०३
बिहीबार, ०४ वैशाख २०८२

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यको छड्के अनुगमन गरेका छन् । 

बिहीबार कीर्तिपुरस्थित क्रिकेट मैदानको स्थलगत निरिक्षण गर्दै उपप्रधान एवं शहरी बिकासमन्त्री सिंहले तोकिएको समयभित्रै प्यारापिट निर्माण हुने विश्वास समेत व्यक्त गरे । 

निरिक्षणका क्रममा ठेकेदारकम्पनीका प्रतिनिधिहरुले प्यारापिट निर्माण कार्यको प्रगतिका बारेमा जानकारी गराएका थिए ।

सिंहले वैशाख २४ गतेभित्र कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ कामअघि बढिरहेको बताए ।

ठेकेदार कम्पनीले तीन सिफ्टमा काम गरिरहेको भन्दै उनले आवश्यक परे जनशक्ति थप गरेर भएपनि तोकिएको समयमा नै काम सम्पन्न गर्नुपर्नेमा आफुले जोड दिएको उल्लेख गरे ।

कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप १० हजार क्षमताको प्यारापिट निर्माण र फ्लड लाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप