सोमबार, ०८ वैशाख २०८२
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक निर्णय

रास्वपाले तोक्यो प्रदेश इन्चार्ज, को कहाँ ?

बिहीबार, ०४ वैशाख २०८२, १८ : ४२
बिहीबार, ०४ वैशाख २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रादेशिक र जिल्ला कमिटीहरुलाई अझै सक्रिय बनाउने उद्देश्यले प्रदेश इन्चार्ज तोकेको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीको बिहीबार बसेको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्ज तोकेको हो । जसअनुसार कोशी प्रदेशको इन्चार्ज सन्तोष परियार तोकिएका छन् ।

मधेस प्रदेशको इन्चार्जमा मनिष झा,बागमती प्रदेशको इन्चार्जमा लिमा अधिकारी तोकिएकी छन् । 

त्यस्तै गण्डकी प्रदेशको इन्चार्ज शिशिर खनाल,लुम्बिनी प्रदेशको इन्चार्ज विपिन कुमार आचार्य तोकिदा कर्णाली प्रदेशको इन्चार्ज गणेश पराजुली र सुदूरपश्चिमको इन्चार्ज हरि ढकाल तोकिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप