मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय

लागुऔषध कारोबारमा संलग्न आमाछोरा पक्राउ

बिहीबार, ०४ वैशाख २०८२, १८ : १८
बिहीबार, ०४ वैशाख २०८२

सुर्खेत । सुर्खेतमा लागुऔषध कारोबारमा संलग्न आमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । 

बिहीबार वीरेन्द्रनगर नगरपालिका १२ पदमपुरकी ४५ वर्षीय विनिता दर्लामी र उनका २४ वर्षीय छोरा बसन्त दर्लामीलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो । 

विनिताको घरमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माले बताए । 

उनका अनुसार उनीहरुको साथबाट ३ दशमलव ३४० ग्राम लागुऔषध फेला पारेको छ । 

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप