बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय

दुई वर्षका लागि सम्झौता नविकरण गरे लिभरपुलका कप्तानले

बिहीबार, ०४ वैशाख २०८२, १६ : ३०
बिहीबार, ०४ वैशाख २०८२

काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलका कप्तान भर्जिल भान डाइकले क्लबसँग सम्झौता नविकरण गरेका छन् । नेदरल्यान्ड्सका यी प्रभावशाली खेलाडीले लिभरपुलसँग थप दुई वर्षका लागि सम्झौता नविकरण गरेको समाचारमा जनाइएको छ । 

३३ वर्षीय सेन्टर–ब्याक भान डाइकको अघिल्लो सम्झौता अवधि यसै सिजनको अन्त्यमा सकिँदै थियो । इजिप्टका प्रभावशाली खेलाडी मोहम्मद सलाहसँग अब भान डाइक पनि थप दुई वर्ष लिभरपुलमै रहने छन् ।  ३२ वर्षीय सलाहले गत साता लिभरपुलसँग थप दुई वर्षका लागि सम्झौता नविकरण गरेका थिए । ‘अन्ततः थप दुई वर्ष लिभरपुलमै रहने निर्णय लिइयो । लिभरपुल नै मेरा लागि सही क्लब हो,’ भान डाइकले भनेका छन् । 

पछिल्लो समय उनी लिभरपुल छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन ९पीएसजी० मा आबद्ध हुने चर्चा पनि चलेको थियो । सन् २०१८ मा लिभरपुलमा आबद्ध भएका भान डाइकले क्लबका लागि तीन सय १४ खेल खेलिसकेका छन् । उनी सन् २०२३ मा लिभरपुलको कप्तान बनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप