सोमबार, ०८ वैशाख २०८२
ताजा लोकप्रिय

रामबहादुर बमजनले पाए सफाइ

बिहीबार, ०४ वैशाख २०८२, १६ : २८
बिहीबार, ०४ वैशाख २०८२

काठमाडौँ । तपश्वीको परिचय बनाएका रामबहादुर बमजनले यौन दुराचार मुद्दामा उच्च अदालतबाट सफाइ पाएका छन्  । उच्च अदालत जनकपुरबाट उनले सफाइ पाएका हुन् । 

सर्लाहीकी नाबालिका अनुयायी आनीमाथि यौन दुराचार गरेको आरोप उनीमाथि थियो । 

सर्लाही जिल्ला अदालतले यसअघि बमजनलाई दोषी ठहर गरेको थियो । तर, सो फैसला उच्चले उल्ट्याएको हो। 

न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले बमजनलाई बलात्कार मुद्दामा सफाइ दिएको अदालतका उपरजिष्ट्रार सुशील यादवले बताए ।

बमजनलाई जिल्ला अदालत सर्लाहीले २०८१ असारमा १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो ।

त्यसविरूद्ध उनले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप