संकटमा ‘खतरों का खिलाडी’ र ‘बिग बोस १९’, प्रड्यूसरले छाडे साथ

नयाँ दिल्ली । भारतमा रियालिटी शो को बाउ भनेर चिनिएको शो बिग बोस र स्टन्ट शो खतरों के खिलाडीको आगामी सिजनमाथि सङ्कट उत्पन्न भएको छ । शोका निर्माता बनिजय एसिया (एन्डेमोल शाइन इन्डिया) ले निर्माताको रूपमा कलर्स च्यानललाई छोडेका छन् । नयाँ सिजनको लागि निर्माताहरूको सबै तयारीहरू बाँकी नै छन् । यो खबरले बीबी लर्भस र शोसँग सम्बन्धित व्यक्तिहरूलाई झट्का लागेको छ ।
रिपोर्ट अनुसार बनिजय एसियाको आन्तरिक विवादका कारण एन्डेमोलले च्यानलसँगको आफ्नो सम्बन्ध तोडेको छ । यो विवाद दुई महिनाअघि सुरु भएको थियो । त्यसपछि बनिजय एसियाले दुई हप्ताअघि यी कार्यक्रमहरूबाट पछि हट्ने निर्णय गर्यो ।
यस विषयमा कलर्स र बनिजय एसियाले कुनै आधिकारिक बयान जारी गरेको छैन । सामाजिक सञ्जालमा यसवर्ष बिग बोस र खतरों के खिलाडी प्रसारण नहुने खबरहरू आइरहेका छन् । कतिपयले त मेकरहरूले नयाँ निर्माता खोजिरहेको बताएका छन् ।
यस्ता समाचारका बिचमा दुई शोहरूको भविष्य के होला ? आन्तरिक स्रोतहरूका अनुसार, बिग बोस र खतरों के खिलाडीको आगामी सिजनहरू रद्द गरिने छैन । तर स्थगित भने गरिनेछ । कलर्स च्यानलले नयाँ निर्माताहरूको खोजी गरिरहेको बताइएको छ ।
दुवै रियालिटी शोहरू यस वर्ष प्रसारण हुनेछन् । नयाँ प्रोडक्सन हाउसको प्रवेशका कारण शोमा धेरै नयाँ परिवर्तनहरू आउन सक्ने बताइएको छ । फ्यानहरूले नयाँ ट्विस्टहरू हेर्न पाउनेछन् । बिग बोस कलर्समा नभएर सोनी टिभीमा आउने पनि अफवाह सुन्नमा आएको छ ।
बिग बोस १८ को खराब प्रदर्शन र लगातार घटिरहेको टिआरपीका कारण बनिजय पछि हटेको अनुमान गरिएको छ । गएको बिग बोस सिजनमा केही प्रतिस्पर्धीहरूको सम्बन्धमा गरिएको पक्षपाती निर्णयको विरुद्धमा निर्माण कम्पनी थियो । त्यसैले पनि बिग बोसबाट बाहिरिने निर्णय गरिएको अड्कल गरिएको छ ।
खतरों के खिलाडी १५ जुलाईको तेस्रो वा चौथो हप्तादेखि सुरु हुनेवाला थियो । तर अब यसलाई अगस्टसम्म धकेलिएको छ । साथै, बिग बोस ओटीटी ४ बारे पनि कुनै अपडेट आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको आन्दोलनमा अभिभावक घुसेपछि...
-
फोर्स गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि वीरेन्द्रनगर तनावग्रस्त
-
पौडी खेल्ने क्रममा तीन बालक दानव नदीमा बेपत्ता
-
श्रेयज सुवेदीको कथा सङ्ग्रह 'बहुरूपी' सार्वजनिक
-
विवाह बन्धनमा बाँधिइन् ट्वाइलाइट अभिनेत्री क्रिस्टन
-
झारखण्डमा ८ संदिग्ध माओवादी मारिएको प्रहरीको दाबी