बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय
कांग्रेस बैठक

सरकारले ‘पर्फमेन्स’ बढाउनुपर्ने कांग्रेसको निष्कर्ष

बिहीबार, ०४ वैशाख २०८२, १३ : ३१
बिहीबार, ०४ वैशाख २०८२

काठमाडौँ ।  नेपाली कांग्रेसले सरकारले पर्फमेन्स बढाउनुपर्ने निष्कर्ष निकालेको छ । 

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी बैठकपछि प्रवक्ता डा. प्रकाश शरण महतले सरकारका बारेमा छलफल भएको भन्दै पर्फमेन्स अझ राम्रो बनाउनुपर्छ भनेर नेताहरूले राखेको बताए । नेताहरूको धारणामा सबै सहमत भएको पनि उनको भनाइ थियो । 

‘सरकारको पर्फमेन्स अझ बेटर हुनुपर्छ र गठबन्धन दलहरूबिच अझ बढी समन्वयन र सन्तुलन हुनुपर्‍यो’, बैठकपछि नेता महतले भने, ‘सरकारले सशक्त रूपमा डेलिभरी दिन सक्नुपर्छ र तालमेल राम्रो गर्नुपर्छ भनेर साथीहरूले कुरा राख्नुभयो ।’

कांग्रेस बैठकमा नियुक्ति सरुवा बढुवा लगायतका विषयमा समेत छलफल भएको छ । 

‘गठबन्धनमा समन्वयको आवश्यकता छ, नियुक्तिका कुराहरूमा पनि सन्तुलनमा आवश्यकता पनि छ । सवैका कुरा समेट्नुपर्ने पनि छ’, महतले भने, ‘पार्टीगत आवद्धता भन्दा पनि व्यवसायिक डेलिभरी गर्ने मान्छे आउनुपर्छ भन्ने कुरामा हामी स्पष्ट छौँ ।सभापतिले पनि त्यसकै आधारमा हुनुपर्छ भन्ने कुराकानी भइरहेको छ र सहमति जुट्छ भन्नुभएको छ ।’

बैठकमा नेताहरूले सरकारबारे पार्टी नेताहरूको धारणा सम्बन्धित ठाउँमा राख्नुपर्नेमा पनि नेताहरूले जोड दिएका थिए । केही दिनयता कांग्रेस महामन्त्री गगन थापा लगायतका नेताहरूले सरकारको कार्यशैलीलाई लिएर आलोचना गर्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप