शिक्षक आन्दोलनको प्रभाव
काठमाडौँ उपत्यकासहित देशभरका सामुदायिक विद्यालय बन्द
बिहीबार, ०४ वैशाख २०८२, १३ : १०

काठमाडौँ । शिक्षकहरू १६ दिनदेखि सडक आन्दोलनमा छन् । शिक्षक महासङ्घको नेतृत्वमा जारी आन्दोलन थप आक्रामक हुँदै गइरहेको छ । जसको प्रभाव उपत्यका सहित देशभरको सामुदायिक विद्यालयमा परेको छ । नयाँ शैक्षिक सत्रको सुरु भए पनि भर्ना कार्यक्रम सुरु हुन सकेको छैन ।
महासङ्घले जिल्ला जिल्लाबाट आन्दोलनमा सहभागी हुन शिक्षक कर्मचारीलाई काठमाडौँ आउन उर्दी नै जारी गरेको छ । महासङ्घका नेताहरूले आन्दोलनमा सहभागी नहुने, विद्यालय सञ्चालन गर्ने शिक्षक तथा कर्मचारीहरूमाथि निगरानी समेत गरेको हुनाले अहिले विद्यालयहरू पूर्णरुपमा बन्द भएको छ ।
काठमाडौँ उपत्यकाको बाँसबारी माध्यमिक विद्यालय, शिवपुरी, नन्दी, पद्मकन्या विद्याश्राम लगायतका विद्यालयहरूका तस्बिरलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ। तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मीको बार कसलाई कति लाभ ? हेरौं आजको राशिफल
-
‘०७२ वैशाख १२ गोरखा भूकम्प’को दशक पूरा, भत्किएका संरचना अझै अधुरा
-
कति पुग्यो अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
ला लिगामा तेस्रो स्थानको एटलेटिको मड्रिड विजयी
-
सात वर्षसम्म पनि बनेन पुल, तोडियो ठेक्का
-
रोचक बन्दै आईपीएल, तीन टोलीको टक्कर