बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय

दाङमा चलचित्र निर्माण कार्याशाला हुने

बिहीबार, ०४ वैशाख २०८२, १३ : ०२
बिहीबार, ०४ वैशाख २०८२

काठमाडौँ । यहि वैशाख २५ देखि ३१ गतेसम्म दाङमा चलचित्र निर्माण कार्याशाला हुने भएको छ । चलचित्र निर्देशन, पटकथा लेखन र छायाङ्कन सम्बन्धि सैद्धान्तिक एवं प्रयोगात्मक कक्षाहरु सञ्चालन हुनेगरी कार्यशाला आयोजना हुन लागेको हो ।

पहल नेपालको आयोजना रहेको कार्यशालामा सहभागी प्रशिक्षार्थीहरुद्वारा लघु चलचित्र निर्माण गरिने र उत्कृष्ट ३ लघु चलचित्रलाई पुरस्कृत समेत दिइने पहल नेपालका अध्यक्ष तथा चलचित्रकर्मी केएल बुढाथोकीले बताए । 

कार्यशालामा चलचित्रकर्ममा संलग्न जुनसुकै उमेर समूहका व्यक्तिले सहभागतिा जनाउन सक्नेछन् । दाङमा चलचित्र निर्माण गतिविधि अगाडि बढाउन र चलचित्र निर्माणमा रहेकालाई ब्यवस्थित रुपमा अगाडि बढाउन कार्यशालाले लाभदायक सिद्ध हुने बुढाथोकीको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप