आजबाट हास्य कार्यक्रम ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने
_Nf8ZkTz5Go.jpg)
काठमाडौँ । चर्चित हास्य कार्यक्रम ‘जोगिन्दरको पान दुकान’ को सिजन २ प्रसारणमा आउने भएको छ । हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ प्रस्तोता रहेको यो कार्यक्रममा आज बिहीबारबाट बागमती टेलिभिजन र ओएसआर डिजिटलबाट प्रसारणमा आउने भएको हो ।
कार्यक्रम आजबाट प्रत्येक बिहीबार बेलुका ८ः ३० बजेदेखि ९ बजेसम्म प्रसारण हुने र ९ बजे ओएसआर डिजिटलको युट्युबमा अपलोड हुने प्रस्तोता रिजालले बताए । विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वहरूलाई बोलाएर मनोरञ्जनात्मक संवाद हुने कार्यक्रममा रिजाल मधेसवासीको लवजमा प्रस्तुत हुनेछन् । कार्यक्रम मनोरञ्जन र सन्देशमूलकको फूल डोज हुने रिजालको भनाइ छ ।
कार्यक्रमको पहिलो भाग आज फिल्म ‘होष्टल ३’ का अभिनेता तथा टिकटकमा कुल ब्वाईको रुपमा पारस बम ठकुरी अतिथिका रुपमा देखिन्छन् । त्यसपछिको भागमा नेपाली राजनीतिज्ञ चन्द्रकान्त राउत अथवा सिके राउत हुनेछन् ।
रिजालले यसअघि ‘जोगिन्दरको पान दुकान’ ११ वर्षसम्म बिभिन्न टेलिभिजनमा सञ्चालन गरेका थिए । पछिल्लो केही समययता रोकिएको यो कार्यक्रम अब भने बागमती टेलिभिजन एचडीबाट प्रसारण हुने लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपतिनाथको मन्दिर कहिले बनेको थियो ?
-
बद्रीनारायण धाममा हुन लागेको प्राण प्रतिष्ठाको प्रचारको लागि सितापालादेखि वाकाथन (तस्बिरहरू)
-
तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ
-
मुलपानीमा वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल प्रभावित (तस्बिरहरू)
-
रामकुमारी झाँक्रीद्वारा शिक्षक आन्दोलनको कडा आलोचना, भनिन्–ऐन सडकबाट पास हुने हो ?
-
शिक्षकलाई आन्दोलनमा होमिन प्रेरित गर्ने ‘हामी शिक्षक’ गीत कसरी बन्यो ?