बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय
समाचार

गणेश थापामाथि फिफाले लगाएको प्रतिबन्ध टुंगियो

बिहीबार, ०४ वैशाख २०८२, १० : ०८
बिहीबार, ०४ वैशाख २०८२

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापामाथि फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको १० वर्षे प्रतिबन्ध टुंगिएको छ । 

प्रतिबन्ध टुंगिएसँगै थापाले अब आफू नेपाली फुटबलको विकास र विस्तारमा सक्रियतापूर्वक लागिपर्ने रातोपाटीलाई बताए ।

फिफाले २०७२ मा थापालाई १० वर्षसम्म फुटबलसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध गरेको थियो । थापाले बुधबार जारी गरेको विज्ञप्तिमा आफूलाई २०१५ को अप्रिल १६ मा प्रतिबन्ध लगाएको र त्यो सोमबार टुङ्गिएको उल्लेख गरेका छन् । 

‘कठिन १० वर्षे अवधिपश्चात्, मेरो फुटबल सम्बन्धित सबै गतिविधिबाट भएको निलम्बन अब समाप्त भएको छ’, थापाले भने, ‘यो यात्रा चुनौतीपूर्ण थियो । तर, यस अवधिमा प्राप्त सबैको सहयोग र समर्थनका लागि आभार व्यक्त गर्न चाहन्छु ।’

थापाले भ्रष्टाचार गरेको तथा घुस लिएर विभिन्न धाराहरू उल्लङ्घन गरेको फिफाको अनुशासन समितिले ठहर थियो । उसले थापालाई २१ लाख जरिवाना समेत तोकेको थियो । 

दुई दशकसम्म एन्फा अध्यक्ष रहेका थापा त्यससँगै एन्फाबाट बाहिरिएका थिए । एन्फा अध्यक्ष २०११ को फिफा चुनावमा गलत काम गरेको, विभिन्न समयमा व्यक्तिगत र पारिवारिक लाभका लागि रकम लिएको, भ्रष्टाचार गरेको जस्ता अभियोग फिफाले लगाएको थियो । 

थापाले भने फिफाले आफूलाई न्याय नगरेको प्रतिक्रिया दिँदै आएका छन् । उसो त १० वर्षे कारबाहीअघि पनि थापा फिफाको निलम्बनमा परेका थिए । 

ganesh thyapa

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप