सोमबार, ०८ वैशाख २०८२
ताजा लोकप्रिय

बंगलामुखिको बार आज कुन राशिलाई कति फलदायी ?

बिहीबार, ०४ वैशाख २०८२, ०४ : ५४
बिहीबार, ०४ वैशाख २०८२

आज विक्रम संवत २०८२ साल वैसाख ४ गते, बिहीबार । ईश्वी सन् २०२५ अप्रिल १७ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४७ । वैसाख कृष्णपक्ष । तिथि–चतुर्थी, १७ घडी ५ पला, दिउसो १२ बजेर ३० मिनेट उप्रान्त पंचमी । नक्षत्र–ज्येष्ठा, ५९ घडी ४१ पला, रातको ५ बजेर ३२ मिनेट उप्रान्त मूल । योग– वरियान, ४२ घडी १४ पला, बेलुकी १० बजेर ३३ मिनेट उप्रान्त परिध । करण–बालव, मध्यान्ह १२ बजेर ३० मिनेट उप्रान्त कौलव, रातको १ बजेर ८ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–काल योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४० मिनेट । सूर्यास्त बेलुकी ६ बजेर २९ मिनेट । दिनमान ३२ घडी ४ पला ।

आजको बार बेला   

  • बिहान ५ बजेर ४० मिनेटसम्म शुभ बेला ।
  • बिहान ५ बजेर ४१ मिनेटदेखि बिहान ७ बजेर १६ मिनेटसम्म रोग बेला ।
  • बिहान ७ बजेर १७ मिनेटदेखि बिहान ८ बजेर ५२ मिनेटसम्म उद्धेग बेला ।
  • बिहान ०९ बजेर  ५३ मिनेटदेखि बिहान १० बजेर २८ मिनेटसम्म चर बेला ।
  • बिहान १० बजेर २९ मिनेटदेखि बिहान १२ बजेर ४ मिनेटसम्म लाभ बेला ।
  • मध्यान्ह १२ बजेर ५ मिनेटदेखि दिउँसो १ बजेर ४१ मिनेटसम्म अमृत बेला ।
  • दिउँसो १ बजेर ४२ मिनेटदेखि दिउँसो ३ बजेर १७ मिनेटसम्म काल बेला ।
  • दिउँसो ४  बजेर १८ मिनेटदेखि बेलुकी ४ बजेर ५३ मिनेटसम्म शुभ बेला ।
  • बेलुकी ४ बजेर ५४ मिनेटदेखि बेलुकी ७ बजेर ५३ मिनेटसम्म अमृत बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
दिउँसो १ बजेर ४० मिनेटदेखि दिउँसो ३ बजेर १६ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्ह मुहुर्त
बिहान ४ बजेर ५ मिनेटदेखि बिहान ४ बजेर ५३ मिनेटसम्म ब्रम्ह मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा खटपट आउनेछ । समय तथा परिस्थिति अनुशार नचल्नाले दुःख पाइनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । आफन्त तथा चेली माइतीबीच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अघि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतित गर्दा खुशी भएको महशुस गर्नेछन् । व्यापारकै शिलशिलामा यात्रा हुने योग रहेकोछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसापत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ–नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । रमाइलो यात्रा तय हुने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहने हुनाले तपाईंको प्रतिस्पर्धीको रुपमा अरु नै देखा पर्नेछन् । खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउनेछ । आउनु पर्ने रुपैयाँ पैसा नआउने तथा आफन्तलाई दिएको धनले सत्रुता बढाउनेछ । धन सम्पत्ति हराउने तथा चोरी हुने हुनाले यात्रा गर्दा ख्याल गर्नुहोला । र, पनि प्रेममा रमाउन चाहनेहरुका लागि समय शुभ रहनेछ । व्यापार वा शेयरबजारमा लगानी गरि आम्दानी बढाउन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नयाँ योजनाको रुप रेखा कोर्न सकिनेछ । प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न पाइने हुँदा मन प्रशन्न रहनेछ । उपहार तथा भौतिक सम्पत्ति प्राप्तिको योग रहेकोछ । रमाइलो भेटघाट हुने तथा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । शुभचिन्तक तथा आफन्तको सल्लाह तथा सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्न सके गन्तव्य पहिल्याउन सहज हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गरे पनि पद प्रतिष्ठा नपाइने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यवसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ । र, पनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापारमा प्रशस्त समय खर्चिए पनि आम्दानी थोरै हुँदा दैनिक कामहरु प्रभावित हुन सक्छन् । छिमेकी तथा दाजुभाईसँग सामान्य कुरामा विवाद बढ्नेछ भने बाहिरका मानिससँग न्यायिक निर्णयहरुमा सामेल भए हारिने सम्भावना रहेकोछ । सामाजिक तथा परोपकारी क्षेत्रमा सामेल भए पनि आलोचना गर्नेहरुको बिगबिगी रहनेछ । प्रेममा धोका हुने हुदा आजको दिन टाडै बस्नु नै बेस हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) धनस्थानमा गोचर गर्ने चन्द्रमाले नयाँ प्रकृतिको व्यवसायमा लगानी गर्दा प्रशस्त धन तथा भौतिक वस्तुहरु जोड्न सकिनेछ । काउन्सेलिङ, मोटिभेशन, सञ्चार पेशा व्यवसायमा समय खर्चिनेहरुका लागि समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृड हुनेछ । मनपर्ने भोजन, उत्तम बस्त्र तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरु भेटिने योग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) नयाँ प्रविधिको प्रयोगमार्फत व्यापार व्यवसायमा लगानी गरेर मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक अवस्था राम्रो हुने तथा पहिलेदेखि नउठेका रकमहरु उठ्नेछन् । समाजसेवामा जनतासँगै रहेर काम गर्दा नाम कमाउन सकिनेछ । नयाँ काम पाउने  तथा नोकरीमा बढुवा हुने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । कन्फिडेन्ट पावर बढ्ने हुनाले पराक्रमी काम गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सामान्य काममा अल्झिने समय रहेकोछ । अरुकै काम गर्दा आफ्नो काम थाती रहनेछ । पढाइ लेखाइमा समय दिन सकिने छैन भने नतिजा अरुतिरै जानेछ । स्वास्थ्य सम्बन्धी समस्या आई पर्नेछ भने औषधि उपचार खर्च बढेर जानेछ । व्यापार व्यवासायमा मन्दी आउनेछ  । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ । र, पनि विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आएभावमा गोचर गर्ने चन्द्रमाले खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । आर्थिक अवस्था राम्रो हुने तथा नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा नयाँ ठाउबाट प्रेम प्रस्ताव आउनेछ ।  ईच्छा आकांक्षा पुरा गर्न सकिनेछ । शेयरबजार तथा वित्तीय क्षेत्रको लगानीबाट आम्दानी बढाउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यवसायलाई समय सापेक्ष परिमार्जन गरि मनग्गे आम्दानी गर्न सकिनेछ । माता पिताको धन तथा सम्पत्ति प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा नजिक भई आ–आफ्ना भावना साटासाट गर्न सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आजको समय राम्रो रहेकाले धार्मिक तथा आध्यात्मिक क्षेत्रमा विशेष चासो बढ्नेछ । पढाइ लेखाइ तथा  खोजमूलक क्षेत्रमा रुची बढ्नेछ भने गुरुवर्ग तथा आफन्तको सहयोगले थप हौसला प्राप्त हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट विशेष सामान तथा उपहार प्राप्त हुने योग रहेकोछ । पढाइ कै शिलशिलामा लामो दुरीको  यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । माया प्रेममा नजिक भई रमाउने समय रहेकोछ ।
 
तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप