१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. ईयूको नयाँ नीति, सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
युरोपेली सङ्घ (ईयू) ले सातवटा देशलाई ‘सुरक्षित मुलुक’ को सूचीमा राख्दै आप्रवासनसम्बन्धी नियम कडा बनाउने घोषणा गरेको छ । युरोपेली आयोगले कोसोभो, बङ्गलादेश, कोलम्बिया, इजिप्ट, भारत, मोरोक्को र ट्युनिसिया लाई सुरक्षित मुलुकको सूचीमा राख्ने प्रस्ताव अघि सारेको हो ।
२. ७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
प्रहरीको जनपद समुहतर्फका प्रहरी नायव निरिक्षक (सई) लाई वरिष्ठ नायव निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । ७५ जनालाई एक तह माथिल्लो पद वरिष्ठ सईमा बढुवा गर्न सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
३. छैन अश्रुग्याँस
उपत्यका र मुख्य सहरमा प्रदर्शन हुँदा हुलदंगा नियन्त्रण गर्न प्रहरीले मिति सकिएको अश्रुग्याँस प्रहार गरेको तथ्य बाहिरिन्छ । भिडमा प्रहार गरिएको अश्रुग्याँसको खोका देखाउँदै प्रदर्शनकारीले भन्ने गरेका छन्, ‘हाम्रो स्वास्थ्यमाथि खेलबाड गर्न मिल्छ ?’
४. मधेस राजनीति
२०८१ मधेसकेन्द्रित राजनीतिक दलहरूका लागि सुखद रहेन । दलहरूको टुटफुटदेखि एकता र मोर्चाबन्दीसम्मका काम २०८१ मा भए ।
५. प्रि-मनसुनमा हिउँदेबाली
सिराहा जिल्लाकी किसान मञ्जु कुमारी यादवले ए बिगाहा जमिनमा गहुँखेती गरेकी छिन् । तर पानी परेका पाकिसकेको गहुँ भित्र्याउन सकेकी छैनन् ।
६. होमस्टेमा लगानी
आर्थिक वर्ष २०७५/०७६ मा स्याङ्जाको गल्याङ नगरपालिकामा मात्रै १७ वटा होमस्टेलाई गण्डकी प्रदेश सरकारले १ करोड ८० लाख रुपैयाँ अनुदान दियो । तीमध्ये अधिकांशले सामुदायिक भवन निर्माणमा बजेट खर्च गरे ।
७. गभर्नर नियुक्तिमा हानथाप
चैत २४ देखि नेपाल राष्ट्र बैंक नेतृत्वविहीन बनेको छ । महाप्रसाद अधिकारीले गभर्नरबाट अवकाश लिएसँगै राष्ट्र बैंक नेतृत्वविहीन बन्न पुगेको हो ।
८. उपकुलपति रिक्त
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि पाँच जना आकाङ्क्षी देखिएका छन् । हालका उपकुलपति प्राडा राजेश नाथ गोंगलको चार वर्षे कार्यकाल गत चैत २७ गते सकिएको थियो ।
९. आईपीओ निष्कासन अझै अन्योल
संसद्को सार्वजनिक लेखा समितिले चैत ७ गते उजुरी छानबिनका लागि ७ वटा कार्यदल गठन गरेर प्रक्रिया अगाडि बढाएको छ ।
१०ं न्यायालय
सर्वोच्च अदालतले ६० औँ पटकको पेसीमा मंगलबार ३ लाख ६६ हजार ३४३ सर्वसाधारणलाई विभिन्न प्रलोभनमा पारी ३ अर्ब ७९ करोड रुपैयाँ ठगी गर्ने युनिटी लाइफका सञ्चालकहरूलाई दोषी ठहर गर्यो ।
५२ संवैधानिक निकायको नियुक्ति प्रक्रियाविरुद्ध दायर मुद्दामा गत माघदेखि सुरू नियमित सुनुवाईअन्तर्गत बुधबार चौथो दिनको सुनुवाई भयो ।
११.शिक्षक आन्दोलन
विगत १५ दिनदेखि आन्दोलनरत शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने बताएका छन् । विद्यालय शिक्षा ऐन लगेर मात्रै घर फर्किने बताएका हुन् ।
१२. अपराध
अदालतले पक्राउ अनुमति दिएसँगै मधेस प्रदेशका पूर्व प्रमुख राजेश -झा_ अहिराज फरार छन् । फौजदारी कसुरमा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू