शनिबार, ०६ वैशाख २०८२
ताजा लोकप्रिय

हत्या गरी फरार रहेका ३ जना पक्राउ

बुधबार, ०३ वैशाख २०८२, २१ : ०३
बुधबार, ०३ वैशाख २०८२

तनहुँ । तनहुँमा एक व्यक्तिको हत्या गरी फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा तनहुँ शुक्लागण्डकी नगरपालिका ७ बस्ने २१ वर्षीय अमन गुरुङ, सोही नगरपालिकाको वडा नम्बर ५ बस्ने १८ वर्षीय रुपेश क्षेत्री र व्यास नगरपालिका १२ बस्ने वर्ष १८ का विजय गौतम रहेका छन् ।

गत वैशाख १ गते बिहान शुक्लागण्डकी नगरपालिका ७ स्थित टुडा जाने बाटोमा एक पुरुष टाउकोमा चोट लागि मृत अवस्थामा फेला परेका थिए । 

त्यसपछि  इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएका प्रहरी अधिकृतको टोलीले अनुसन्धान सुरु गरेको थियो ।

प्रहरी अनुसन्धानमा मृतक जिल्ला तनहुँ व्यास नगरपालिका १२ घर भई हाल भिमाद नगरपालिका ८ बस्ने ५५ वर्षीय मंगल गिरी भन्ने खुल्न आएको थियो । 

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक अशोक थापाका अनुसार गिरीको तीन जना मिलेर ढुङ्गाले टाउकोमा प्रहार गरी हत्या गरेको खुल्न आएको थियो ।

प्रहरीले तीन जनालाई पक्राउ गरी तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप