सोमबार, ०८ वैशाख २०८२
ताजा लोकप्रिय

सामाजिक अभियानमार्फत कर्णालीमा काम गर्ने नायक पल शाहको चाहना, मुख्यमन्त्रीसँग भेटे

बुधबार, ०३ वैशाख २०८२, १९ : ३९
बुधबार, ०३ वैशाख २०८२

सुर्खेत । नायक पल शाहले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलसँग भेटेर कर्णालीमा सामाजिक अभियानमार्फत काम गर्न चाहेको बताएका छन् । बुधबार कँडेलको कार्यकक्षमा भएको छलफलका क्रममा नायक शाहले यस्तो चाहना दर्साएका हुन् ।

जवाफमा मुख्यमन्त्री कँडेलले आफ्नो उत्कृष्ट कलामार्फत कर्णालीको पर्यटकीय स्थानहरूलाई थप प्रवर्द्धन गर्न सुझाव दिए । कँडेलले भने, ‘राजनीतिक नेतृत्वसँग संवाद तथा छलफल गरेर कलाकारितासँगै सामाजिक अभियानलाई जीवन्त राख्ने तपाईँको प्रयास निकै राम्रो छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप