शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

कर्णालीका शिक्षामन्त्रीले संघीय सरकारलाई भने, ‘शिक्षकका जायज माग सम्बोधन गरेर आन्दोलनबाट फर्काउनुस्’

बुधबार, ०३ वैशाख २०८२, १५ : ४५
बुधबार, ०३ वैशाख २०८२

सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले शिक्षा प्रणालीलाई उत्पादनमा जोड्न आवश्यक रहेको बताएका छन् ।

बुधबारदेखि वीरेन्द्रनगरमा आयोजित कर्णाली एजुकेशन एक्स्पोको उद्घाटन सत्रमा बोल्दै भण्डारीले ढुङ्गे युगदेखि सूचना प्रविधिको युगमा प्रवेश गर्दा पनि सोही अनुरुप शिक्षामा बढोत्तरी परिवर्तन हुन नसकेको बताए । 

उनले अब शिक्षा प्रणालीलाई उत्पादनसंग जोड्न आवश्यक रहेको उल्लेख गर्दै शिक्षा सुधारका लागि सबै जिम्मेवार बन्नुपर्ने बताए । 

आफ्नो भूमिका अनुरूपको जिम्मेवारी पूरा नगर्दा नै अहिले चौतर्फी वितृष्णा जागेको उनको भनाइ छ । 

‘विद्यार्थी भर्ना अभियानको समयमा शिक्षक हरु आन्दोलनमा छन्,’ उनले भने, ‘संघीय सरकारले जायज मागलाई सम्बोधन गरी शिक्षकलाई आन्दोलनबाट फर्काउन आग्रह गर्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप