सोमबार, ०८ वैशाख २०८२
ताजा लोकप्रिय

कवाडी सङ्कलन गर्ने मजदुरलाई अमर्यादित व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही

बुधबार, ०३ वैशाख २०८२, १४ : ५०
बुधबार, ०३ वैशाख २०८२

काठमाडौँ । कवाडी सङ्कलन गर्ने मजदुरलाई अमर्यादित व्यवहार गर्दै साइकल खोस्ने नगर प्रहरी कारबाहीमा परेका छन् । 

बालुवाटार क्षेत्रमा कवाडी सङ्कलन गर्न हिँडेका एक मजदुरको साइकल नै खोसेर अमर्यादित ढङ्गले व्यवहार गरेको भन्दै नगर प्रहरीलाई कारबाही गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका हुन् ।

पाण्डेका अनुसार, स्थानीयको गुनासोपछि हिजो (मंगलबार) नगर प्रहरी सो क्षेत्रमा खटिएको थियो । बिहानैदेखि कवाडी संकलनकर्ताले हल्ला गरेर हिँड्ने गरेको भन्दै स्थानीयले लिखित र मौखिक उजुरी दिएपछि त्यहाँ कवाडी सङ्कलकलाई नियन्त्रणमा लिन नगर प्रहरी खटाइएको थियो ।

सोही क्रममा अमर्यादित शैलीमा नियन्त्रण गरेको पाइएपछि नगर प्रहरी ऐन २०८० बमोजिम आवश्यक कारबाहीका लागि महानगर प्रहरी बलको कार्यालयमा तानिएको छ  ।  साथै ती मजदुरको साइकल फिर्तासमेत गराइएको छ ।

490832944_523908580584779_8108117977873130806_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप