ह्वाइट हाउसको प्रतिक्रिया : रुस र अमेरिकाबिच आर्थिक साझेदारी हुनसक्छ

वासिङटन डीसी । रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्यो भने अमेरिकाले उसलाई ठूलो उपहार दिने ह्वाइट हाउसले मंगलबार भनेको छ । अमेरिका रुससँग आर्थिक साझेदारीमा प्रवेश गर्न सक्ने ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले बताइन् । यद्यपि पहिले रुसले युद्धविराम घोषणा गर्नुपर्ने उनले बताइन् ।
हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकफले मस्कोमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट गरेपछि ह्वाइट हाउसको यस्तो अभिव्यक्ति आएको हो ।
रुससँग अमेरिकाले आर्थिक साझेदारी गर्न सक्ने
‘दुई जनाबिच राम्रो कुराकानी भएको छ र हामीलाई विश्वास छ कि रूसी राष्ट्रपति पुटिन पनि युद्ध अन्त्य गर्न चाहन्छन् ।’ उक्त भेटघाटका बारेमा ह्वाइट हाउसले भनेको छ । ‘यदि रूसले युक्रेनसँगको युद्ध समाप्त गर्छ भने रूसले ठूलो उपहार पाउन सक्छ’ ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले भनिन् ।
अमेरिका र रुसबिच आर्थिक साझेदारी हुनसक्ने सम्भावना भएको तर योभन्दा अघि आफूहरूले युद्धविराम चाहेको विटकफले पुटिनलाई यो कुरा स्पष्ट रूपमा भनेको लेभिटले बताइन् । अमेरिकी विदेश मन्त्रालयले रुस र युक्रेनबिच युद्धविरामको लागि अमेरिकाले प्रयास जारी राख्ने बताएको छ । ‘आक्रमणहरू बन्द नभएसम्म कुनै वार्ता वा निर्णय हुनेछैन,’ विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ धेरै वर्षा
-
महाकालीको बार आज कुन राशिलाई कति फलदायी ?
-
तनहुँ घुम्नेलाई सहज, ३० वर्षपछि मानपुर डेढगाउँ सडक कालोपत्रे
-
ट्रम्पले रुस र युक्रेन दुबैलाई भने ‘तिमी मूर्ख हौ, तिमी डरलाग्दो छौ’
-
शनिबार कति छ अमेरिकी डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
सडक पिच हुन थालेपछि किसानलाई कृषि उत्पादन बजारसम्म लैजान सहज