बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय

‘चीन ट्रम्पभन्दा राम्रो पार्टनर हो’ भन्ने सन्देश लिएर मलेसिया पुगे सी

बुधबार, ०३ वैशाख २०८२, १४ : ४०
बुधबार, ०३ वैशाख २०८२

क्वाललम्पुर । चिनियाँ राष्ट्रपति सी जिनिपिङ मलेसिया पुगेका छन् । दक्षिणपूर्वी एसियाली देशहरूको भ्रमणको क्रममा उनी मंगलबार साँझ मलेसिया पुगेका हुन् ।

अमेरिकाले चीनसँग व्यापार युद्ध भड्काइरहेको समयमा चीन ट्रम्प भन्दा भरपर्दो व्यापार साझेदार हुन सक्छ भन्ने सन्देश बोकेर सी मलेसिया पुगेका छन् । यो २०१३ यता सिको पहिलो मलेसिया भ्रमण हो । सी तीन दिनसम्म क्वाललम्पुर बस्नेछन् । भ्रमणको क्रममा उनले मलेसियाका सुल्तान इब्राहिम इबिन इस्कन्दर र प्रधानमन्त्री अनवर इब्राहिमलाई पनि भेट्नेछन् । 

बिहीबार कम्बोडियाको भ्रमणमा निस्कनु अघि उनी राजकीय भोजमा पनि सहभागी हुनेछन् । सी भियतनामको भ्रमण सकेर त्यहाँ गएका हुन् । भियतनाममा सिले कृत्रिम बौद्धिकता देखि रेल्वे परियोजनासम्मका दर्जनौँ सम्झौतामा हस्ताक्षर गरेका थिए । सिको भियतनाम भ्रमणलाई ट्रम्पले दुवै देशले अमेरिकालाई कसरी तह लगाउने भनेर खुट्याउने कोसिस गरिरहेको भन्ने अर्थमा हेरेको भन्दै एपीले समाचार छापेको थियो । 

उच्च स्तरीय रणनीतिक साझेदारी गहिरो पार्नु चीन र मलेसिया दुवैको साझा हितका लागि राम्रो हुने सिले भनेको भन्दै मलेसियाको सरकारी समाचार एजेन्सी बेर्नामाले समाचार लेखेको छ । यो क्षेत्र र विश्वमै समेत शान्ति, स्थायित्व र समृद्धिका लागि राम्रो भएको  बताइएको छ  । पछिल्लो समय मलेसिया चीनतिर ढल्किरहेको छ । अमेरिकाबाट आउने सामानमा ४७ प्रतिशतको अतिरिक्त भन्सार महसुल लगाएको भन्दै अमेरिकाले मलेसियाबाट आउने सामानमा २४ प्रतिशतको महसुल लगाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप