समाचार
मधेस प्रदेशका पूर्व प्रमुखविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी
बुधबार, ०३ वैशाख २०८२, १४ : ३७

काठमाडौँ । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बिरुद्ध पक्राउ पुर्जी जारी भएको छ । झा २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए ।
फौजदारी कसुरमा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको हो । चैत २५ मा उनीविरुद्ध अदालतबाट पुर्जी जारी भएको जिल्ला अदालत काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
उनीविरुद्ध फौजदारी कसुरमा जाहेरी परेको भनिए पनि प्रहरीले औपचारिक रुपमा सो विषय सार्वजनिक गर्न अस्वीकार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाइँदै
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो म्यान्सिटी, ग्वार्डिवला उत्साही
-
ला लिगामा बार्सिलोनाले अंक दुरी बढायो, रियाल मड्रिड दबाबमा
-
ठूला योजनामा लगानी जुटाउन वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक संसदमा पेश
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी