प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी : ४० प्रतिशतसम्म छुट

काठमाडौं । ‘सबै भाषा,सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान’ भन्ने उद्घोषसहित नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी भइरहेको छ ।
नयाँ वर्ष २०८२ सालको अवसरमा शुरु गरिएको प्रदर्शनी यही वैशाख २८ गतेसम्म हुने बताइएको छ ।
नेपाली भाषा, साहित्य ,संस्कृति, कला, इतिहास, दर्शनशास्त्र र समाजशास्त्रलगायतका पुस्तकहरू प्रदर्शनीमा राखिएको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा। धनप्रसाद सुवेदीले बताए ।
उनले प्रदर्शनीमा २०७० सालअघि प्रकाशित भएका पुस्तक तथा पत्रिकाहरू ६० प्रतिशत छुट र २०७१ सालयता प्रकाशित भएका पुस्तकहरू खरिद गर्ने व्यक्ति वा संस्थाका लागि विशेष ४० प्रतिशतको छुटको व्यवस्था रहेको बताए ।
शब्दकोषहरुमा समेत २० देखि २५ प्रतिशतसम्म छुट रहेको सुवेदीले बताए ।
उनले भने,‘हामीले प्रष्ठिानमा भएका पुस्तकहरुको बिक्रीको लागि समय समयमा पुस्तक प्रदर्शनहरु गर्ने गरेका छौं । खास गरेर नयाँ वर्षको अवसरमा र अन्य समयमा पनि हामी पुस्तक प्रदर्शन गर्छौं । नयाँ वर्ष २०८२ सालको अवसरमा हिजोदेखि हामीले पुस्तक प्रदर्शन सुरु गरेका छौं । यस प्रदर्शनमा नेपालका बहुमूल्य कृतिहरु हामीसँग छन् । हामीसँग रहेका अंग्रेजी र संस्कृति लगायत पुस्तकका लागि छुटको पनि व्यवस्था गरेका छौं । २०७० सालसम्मका पुस्तकका लागि ६० प्रतिशतसम्म छुट र त्यसयता प्रकाशनमा आएका पुस्तकहरुको लागि ४० प्रतिशत छुट दिइएको छ । त्यसैगरी शब्दकोषहरु हेरेर २०/२५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।’
प्रदर्शनीमा अमरकोश, नेपाली साहित्यकोश, कौटिल्यको अर्थशास्त्र ,जाँ ज्याक रुसको कन्फेसन्स, ईषाादि नौ उपनिषद्, ग्रिक महाकवि होमरको ओडिसी, हरेराम जोशीको प्राचीन अभिलेख, गुमानसिंह चाम्लिङको एरिस्टोटल लगायतका पुस्तक र कृतिहरु राखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले रुस र युक्रेन दुबैलाई भने ‘तिमी मूर्ख हौ, तिमी डरलाग्दो छौ’
-
शनिबार कति छ अमेरिकी डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
सडक पिच हुन थालेपछि किसानलाई कृषि उत्पादन बजारसम्म लैजान सहज
-
१४ ओभरको खेलमा पञ्जाबले मार्यो वाजी, ५ विकेटले हार्यो बैंग्लुरु
-
सबै वडामा आफ्नै भवन बनाउने अभियानमा नेपालगञ्ज उपमहानगरपालिका
-
ला लिगा फुटबलमा इस्पानियोल विजयी