सोमबार, ०८ वैशाख २०८२
ताजा लोकप्रिय

एकीकृत समाजवादीले देशभर कार्यक्रम गरेर पार्टी स्थापना दिवस मनाउने

बुधबार, ०३ वैशाख २०८२, १४ : २७
बुधबार, ०३ वैशाख २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीले वैशाख नौ गते देशभर पार्टी स्थापना दिवस मनाउने भएको छ ।

महासचिव घनश्याम भुसालले सातै प्रदेश र जिल्लाका अध्यक्ष र इन्चार्जलाई पत्र लेख्दै उक्त दिन पार्टी स्थापना दिवस मनाउन सर्कुलर पठाएका हुन् । 

‘काठमाडौं उपत्यकाको हकमा उपत्यकामा केन्द्रीय कार्यालयको आयोजनामा कार्यकर्ता भेलाका साथ उक्त कार्यक्रम गरिनेछ’, भुसालले भने, ‘स्थानीय अवस्थाअनुसार विचार, गोष्ठी, र्यालीसहित विभिन्न प्रकारका सांस्कृतिक कार्यक्रहरु हुनेछन् ।’

491020991_1014858000742842_1804596442154343676_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप