शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय

राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

बुधबार, ०३ वैशाख २०८२, १४ : ०९
बुधबार, ०३ वैशाख २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठले बिहीबार बिहान ११ बजे धुम्बाराहीमा बैठक बोलाइएको जानकारी दिए ।

बैठकमा पार्टीको आगामी आन्दोलन, तीनकुने आन्दोलनपछि पक्राउ पार्टी नेताहरुको रिहाइको मागलगायतका विषयमा छलफल र आवश्यक निर्णय हुने बताए । 

राप्रपाले वर्तमान व्यवस्थालाई चुनौती दिँदै राजसंस्थाको पक्षमा आफ्ना गतिविधि गर्दै आएको छ । 

सोहीअनुसार वैशाख ७ गतेसमेत राजधानीमा प्रदर्शनको तयारी गरेको राप्रपाले बैठकमा सो सम्बन्धमा पनि आवश्यक निर्णय गर्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप