जुनमा संसारकै अग्लो पुल सञ्चालनमा ल्याउँदैछ चीन

बेइजिङ । चीनले विश्वको सबैभन्दा अग्लो पुल सञ्चालनमा ल्याउँदैछ । दक्षिण पश्चिम चीनको गुइजोउमा बनिरहेको हुआजियाङ ग्र्यान्ड क्यान्योन ब्रिज जुनदेखि सञ्चालमा आउँदैछ । यो पुल नदीको सतहदेखि २ हजार ५१ फिट माथि छ ।
अहिले विश्वको सबैभन्दा अग्लो पुलको रुपमा रहेको फ्रान्सको मिलाउ भियाडक्टमा रहेको पुलको तुलनामा यो पुल ९४७ फिट अग्लो छ । यो पुल हुआजियाङ ग्र्यान्ड क्यान्योनमाथि बनेको छ । यो स्टिलबाट बनेको ट्रस सस्पेन्स पुल हो ।
यसको कूल लम्बाई ९ हजार ४२८ फिट रहेको छ । यो पुल बनाउने काम २०२२ को जनवरी १८ मा सुुरु भएको थियो । पुल यही जुन ३० सम्म पूरै बन्ने आशा गरिएको भन्दै स्थानीय पत्रिकाले समाचार छापेका छन् ।
यो पुलको तौल झन्डै २२ हजार टन छ । यो भनेको तीनवटा आइफिल टावर बराबर हो । पुलको निर्माण कार्य लगभग ९५ प्रतिशत सकिसकेको छ । यो पुल गुइझोउको ठूलो पर्यटकीय गन्तव्य बन्ने आशा गरिएको छ ।
यस पुलमा बञ्जीजम्प पनि बनाइँदैछ । गुइजाउ पहाडी क्षेत्र हो । विश्वका सय अग्ला पुलमध्ये आधा पुल गुइझोउमै छन् । यसअघि चीनले २०१६ मा आफ्नो देशको सबैभन्दा अग्लो पुल बनाएको थियो । यो पुलको उचाई १८५४ फिट थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घरेलु मैदानमा पनि हार्यो रियाल मड्रिड
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट