बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय
अदालत

युनिटी ठगी प्रकरण : संलग्नलाई कैद, पीडितलाई कम्पनीको सम्पत्ति बेचेर भुक्तानी गरिने

बुधबार, ०३ वैशाख २०८२, १२ : ४१
बुधबार, ०३ वैशाख २०८२

काठमाडौँ । ७० को दशकको बहुचर्चित युनिटी घोटाला काण्डमा सर्वोच्च अदालतले सञ्चालकहरूलाई दोषी ठहर  गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सञ्चालकहरूलाई दोषी ठहर गर्दै कैद र सजायको फैसला गरेको हो । 

सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार अध्यक्ष काशीराम गुरुङ र सञ्चालकहरू भीमबहादुर गुरुङ, इन्द्रबहादुर बिक, नेत्र राजवंशी, कृष्णबहादुर क्षेत्री महेन्द्र केसी, विष्णुबहादुर क्षेत्रीलाई २ वर्ष ६ महिना कैद र जनही २५ हजार जरिवाना फैसला भएको छ । 

विष्णुबहादुर क्षेत्रीको मृत्यु भइसकेकाले कैद र जरिवाना कट्टा गरिएको छ । महाप्रबन्धक शिशिर योगीलाई १ वर्ष कैद १० हजार जरिवाना गरिएको छ ।  निर्देशक विश्वनाथ गौतमलाई १ वर्ष कैद १० हजार जरिवाना तोकिएको छ । बिगो यकिन गर्न सरकारले राष्ट्रिय स्तरको पत्रिकामा सूचना प्रकाशित गरेर बिगो यकिन गर्नेछ । 

त्यसपछि बिगो दाबी कम्पनीको सम्पत्तिका आधारमा पीडितको रकम फिर्ता गरिने फैसलामा उल्लेख छ । पीडितको रकम फिर्ता गर्न सहजीकरणका लागि फैसला कार्यान्वन निर्देशनालयका उपनिर्देशकलाई जिम्मेवारी दिइने प्रवक्ता कुइँकेलले जानकारी दिए ।

युनिटीका सञ्चालकहरूले पिरामिड आकारको सञ्जाल बनाई ३ लाख ४० हजार सदस्यबाट ३ अर्बभन्दा बढी रकम उठाएर अपचलन तथा घोटाला गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप