वीरगञ्जमा पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही माग

काठमाडौँ । समाचार संकलनका क्रममा वीरगञ्जमा पत्रकारहरूमाथि आक्रमण गर्नेलाई कारबाही गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ ।
वैशाख २ गते मंगलबार साँझ प्रदर्शनको समाचार संकलनमा जुटिरहेको अवस्थामा महासंघ एसोसिएट प्रदेश समितिका सदस्यसमेत रहेका चन्द्रसूर्य वाणीका धीरेन्द्र तिवारी, एभिन्यूज टेलिभिजनका अर्जुन गुप्ता र मध्य नेपाल सन्देशका अनिल ओझामाथि ढुंगा र लाठी प्रहार भएको महासंघको भनाई छ ।
वीरगञ्जमा प्रदर्शनकारी र प्रहरीको आक्रमणमा परी तीन जना पत्रकार घाइते भएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
पत्रकारमाथि भएको यस किसिमको आक्रमणलाई महासंघले अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी कदमको रुपमा लिएको महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । जुनसुकै पक्षबाट भए पनि यो कदमले पत्रकारको संवैधानिक सुनिश्चितता र नागरिकको सुसूचित हुने अधिकारमा आघात पुगेको महासंघको ठहर छ ।
विज्ञप्तिमा भनिएको छ, ‘महासंघ पत्रकार र नागरिक सूचनाको अधिकारविरोधी यो कदमको छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न र प्रेसको सुरक्षामा गम्भीर भई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ । साथै, घाइते पत्रकारको स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क उपचारको व्यवस्था गर्न पनि माग गर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने
-
राजतन्त्र ब्युँताउनु दिवास्वप्न : उपेन्द्र यादव
-
गभर्नर नियुक्तिमा कांग्रेस र एमालेको हानथाप : छनोट समिति र अर्थ मन्त्रालय निरीह
-
सबैका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक : पूर्वउपराष्ट्रपति झा
-
केपी ओली कप क्रिकेटमा समूह चरणका खेल सकियो
-
प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण