बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय

एलभीएमएचलाई उछिनेर येहमेस बन्यो विश्वको सबैभन्दा मूल्यवान् लक्जरी कम्पनी

बुधबार, ०३ वैशाख २०८२, १२ : ०६
बुधबार, ०३ वैशाख २०८२

पेरिस । फ्रान्सेली लक्जरी ब्रान्ड एलभीएमएचले विश्वको सबैभन्दा मूल्यवान् लक्जरी कम्पनीको उपाधि गुमाएको छ । फ्रान्सकै विश्व चर्चित लक्जरी ब्रान्ड येहमेस बजार पुँजीकरणको आधारमा विश्वको सबैभन्दा मूल्यवान् लक्जरी कम्पनी बनेको छ । 

यस वर्षको पहिलो त्रैमासको निराशाजनक आम्दानीपछि लगानीकर्ताहरू एलभीएमएचप्रति निराश बनेका छन् । अमेरिकी क्रेताहरूले ब्युटी प्रडक्टको खरिदमा कटौती गरेको अनि चीनमा विक्री कमजोर रहेको अवस्थामा जनवरी–मार्च त्रैमासमा कम्पनीको आम्दानी अपेक्षाकृत न्यून थियो । 

योसँगै मंगलबारको कारोबारमा एलभीएमएचको शेयर मूल्य ७ प्रतिशतले घटेको थियो भने बजार पुँजीकरण पनि खुम्चिएर २ खर्ब ४६ अर्ब युरोमा सीमित भएको थियो । 

उता, येहमेसको बजार पुँजीकरण २ खर्ब ४७ अर्ब युरो थियो । बजार पूँजीकरणमा उतारचढाव आउनु स्वाभाविक भएपनि मंगलबारको कारोबारले दुई कम्पनीको प्रदर्शन र लगानीकर्ताहरू मनोबलमा आएको हेरफेरलाई झल्काएको छ । 

एलभीएमएच लुइँ भिट्टोँ, डियो, टिफ्यानी एन्ड कम्पनी जस्ता महँगा ब्रान्डको मालिक हो । येहमेसले बर्किन र केली जस्ता महँगा ह्यान्ड ब्याग बेच्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप
रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप