शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय

उपप्रधानमन्त्री सिंहद्वारा लोहन्द्र पुल उद्घाटन

बुधबार, ०३ वैशाख २०८२, ११ : ३५
बुधबार, ०३ वैशाख २०८२

मोरङ । मोरङमा उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले लोहन्द्र पुल उद्घाटन गरेका छन् । बुधबार विराटनगर पुगेका सिंहले जहदा र कटहरी जोड्ने पुलको उद्घाटन गरेका हुन् । 

सो स्थानमा पक्की पुल बनेपछि स्थानीयहरूलाई आवतजावतमा सहजता थपिएको छ । ‘मोरङको जहदा गाउँपालिका र कटहरी गाउँपालिका जोड्ने लोहन्द्रा पुलको आज उद्घाटन भयो । यो पक्की पुलको निर्माणसँगै यहाँका नागरिकहरूको दैनिकीमा सहजता थपिने र यहाँको आर्थिक गतिविधि बढ्ने विश्वास लिएको छु’, पुल उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले भने ।

उनले आफूहरू राजनीतिमा जनतालाई अधिकार दिलाउँदै त्यसको संरक्षण गर्न र त्यसैका आधारमा विकास निर्माणमार्फत नागरिकको जीवन र  जिविकोपार्जन सहज बनाउन अघि बढिरहेको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप